English

यस्तो छ अभिनेत्री सरिता लामिछानेको फिटनेस राज



स्वस्थ रहन र आकर्षक शरीर बनाउनका लागि कतिपय मानिसहरु जिमखाना तथा व्यायामस्थल पुग्छ । अझ कलाकारहरु त्यतातिर धेरै दौडिएको देखिन्छ । तर, मुक्ति टेलिचलचत्रिबाट अभिनय यात्रा गरेकी अभिनेत्री सरिता लामिछानेको फिटनेस राज अन्य कलाकारको भन्दा भिन्दै छ । लामो समयअघि मुक्तिमा उनलाई जस्तो देखिन्थ्यो अहिले पनि उनको जीउडाल उस्तै छ ।

अन्य कलाकार जस्तो उनी फिट रहनको लागि जिम जाँदिनन् । सकारात्मक सोच नै आफ्नो सुन्दरताको राज रहेको उनी सुनाउँछिन् । ‘मुस्कान मेरो मूख्य गहना हो,’ उनी भन्छिन्, ‘भगवानले जे दिनुभयो त्यसमै सन्तुष्ट छु र आफूलाई धेरै माया गर्छु ।’

अभिनेत्री लामिछाने बिहान ६ बजेभित्र उठिसक्छिन् भने बेलुका १० बजेसम्म सुतिसक्छिन् । बिहान उठेपछि उनी टन्न पानी पिउँछिन् त्यसपछि आधादेखि १ घन्टा हिँड्छिन् । साथै, तनावलाई व्यवस्थापन गर्छिन् । कुनै कुराले तनाव दियो भने त्यसको समाधान तर्फ लाग्छिन् । सकारात्मक सोच्छिन् । जसले जीवनमा अघि बढ्न धेरै मद्धत गरेको उनी सुनाउँछिन् । ‘म सधैँ सकारात्मक सोच राख्छु, तनाव कहिल्यै लिँदिन तनाव लिएर केही हुँदैन भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘त्यो कुरा मेरो अनुहारमा झल्किन्छ ।’

खानपान

सुन्दर बन्न र फिट रहन उनले त्यस्तो विशेष केही गरेकी छैनन् । तर, स्वस्थ रहन भने धेरै गरेकी छिन् । खानेकुरामा चिल्लो, पिरो र अमिलो निकै कम खान्छिन् । ‘खानपानमा म सौखिन छैन, चिल्लो पिरो खानु पर्छ भन्ने लाग्दैन,’ उनी भन्छिन्, ‘स्वादको लागि भन्दा पनि स्वस्थ्यको लागि खानु पर्छ भन्ने मेरो धारणा छ ।’

उनी प्रोटिन र फाइबर भएको खाना बढी मात्रामा खान्छिन् । हरियो सागपात र फलफूल प्रसस्त मात्रामा खान्छिन् भने माछामासु त्यति आशक्ति नरहेको उनी सुनाउँछिन् । ‘सोमबार र बिहिबार त झन् माछामासु खाँदै खाँदिन,’ उनी भन्छिन्, ‘ग्याष्टिक नहोस् भनेर बिहान मनतातो पानीसँग एक चम्चा ज्वानोको धुलो खाने गरेको छु ।’ उनी बासी खाना कहिल्यै खाँदिनन् । साथै, फ्रिजको खाना पनि उनलाई मन पर्दैन ।

दैनिकी

बिहान ६ बजे उठेर नुहाएर पुजापाठ सकाएर सुरुमा कागती पानी पिउँछिन् । त्यसको १० मिनेटपछि एक चम्चा ज्वानोको धुलो खाएर घरको काम गर्छिन् । साथै, आधादेखि १ घन्टा हिँड्छिन् । त्यसपछि दुध कर्नफ्लेक्स वा सातु खान्छिन् । २÷३ घन्टाको अन्तराल अर्थान् १०ः३० देखि ११ बजे भित्र बिहानको खाना खाईसक्छिन् । ‘दिउँसको समयमा सुटिङ्गमा व्यस्त भइन्छ त्यसैले सुटिङ्गमा जे उपलब्ध हुन्छ त्यही खान्छु भोको पेट बस्दिन,’ उनी भन्छिन्, ‘केही घन्टाको अन्तरालमा फलफूल खान्छु । बेलुका हल्का खानेकुरा खाएर सुत्छु ।’

व्यायाम

फिटनेसका लागि अहिलेसम्म जिमखाना नगएको उनी सुनाउँछिन् । ‘फिट रहन त्यति धेरै मेहेनत गर्दिनँ,’ उनी भन्छिन्, ‘बिहान उठेर हल्का प्राणायमहरु गर्छु ।’ व्यायाम गर्नु पर्छ भन्ने सोच चाँही छ त्यसैले २० मिनेट जति ट्रेडमिलमा हिड्ने गरेको उनी सुनाउँछिन् ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested