कुन तरकारीमा कति विषादी ?



सरिता थारु ।

‘प्लाष्टिक प्रयोग निरुत्साहन वातावरण संरक्षणमा योगदान’ । यहि नाराका साथ आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदैछ ।

नेपालमा यो दिवस मनाउन लागेको दुई दशक पुगेको छ । हरेक वर्ष यस्तै नाराका साथ दिवस मनाइदै आइएको छ । तर, यो दिवसको महत्व नारामा नै सिमित रहेको पाईन्छ ।

कुन खाद्यान्नको मुल्य कति ? गुणस्तर कस्तो ? भन्ने प्रश्नको जवाफ खोज्छन् उपभोक्ता । तर, यी प्रश्न आजसम्म एकादेशको कथा जस्तो मात्र रहेको पाईन्छ । ‘मन लागे खरिद गर्नुस्, नत्र नगर्नुस्’ भन्ने टर्रो जवाफमा नै उपभोक्ताले चित्त बुझाउनु पर्ने अवस्था छ ।

यसैगरी बजारमा पाइने खासगरी तरकारीको कुरा गर्ने हो भने त्यसको गुणस्तर कस्तो छ भन्ने कुराको ज्ञान आम उपभोक्तालाई हुँदैन । नेपालमा सातै प्रदेशमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन् । तर, तिनको सक्रियता र प्रभावकारीतामा भने आम विश्वास देखिँदैन ।

काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक विषादीको जाँच हुने गरेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कालिमाटीका नायब प्राविधिक सहायक जाग्यश्वर शर्मा भन्छन् – ‘प्रत्येक दिन बिहान ६ बजे तरकारीको विषादी जाँच हुन्छ ।’ उनका अनुसार तरकारीमा विषादी जाँच भए पछि त्यो खान योग्य छ–छैन, त्यसै आधारमा मात्रै बजारमा पठाउने–नपठाउने टुंगो लाग्छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारको यो आर्थिक वर्षको आठ महिनाको तथ्यांक हेर्ने हो भने १ हजार ५ सय ६९ तरकारीको विषादी जाँच नमूना संकलन गरिएको छ । शर्माका अनुसार तरकारीको विषादी तीन भागमा वर्गिकरण गरेर हेरिन्छ ।

पहिलो, हरियो रङ्ग

हरियो रङ्गको वर्गमा पर्ने तरकारी खाना योग्य हुने शर्मा बताउँछन् । कालिमाटी तरकारी तथा फलफूल बजारको आठ माहिनाको तथ्यांक हेर्ने हो भने विषादी जाँच नमुना संकलन गरिएका मध्ये १ हजार ५ सय ५२ तरकारी नमूना खान योग्य छन् । ३५ प्रतिशतसम्म विषादी भएको खण्डमा त्यसलाई हरियो रङ्गमा राखिने छ ।

दोस्रो, पहेलो रङ्ग

पहेलो ङ्गको वर्गमा परेका तरकारी उपभोग गर्नका लागि केही दिन पर्खिनु पर्नेे शर्मा बताउँछन् । यस वर्गमा परेका तरकारी केही दिन आइसोलेशनमा राखी फेरि विषादीको जाँच गरी बजारमा पठाउने गरिएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारको आठ माहिनाको तथ्यांक हेर्ने हो भने तरकारी विषादी जाँच नमूना संकलन गरिएको मध्ये नौ तरकारी नमूना यस वर्गमा परेका छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएको खण्डमा पहेलो रंगमा राखिने छ ।

तेस्रो, रातो रङ्ग

रातो वर्गमा पर्ने तरकारी उपभोग गर्न नमिल्ने शर्माले बताए । यस वर्गमा परेका तरकारी सबै नष्ट गर्नु पर्ने हुन्छ । आठ महिनामा यस वर्गमा ८ तरकारी नमुना परेका छन् । उनका अनुसार यो वर्गमा परेका तरकारीलाई पूर्णरुपमा नष्ट गरिन्छ । ४५ प्रतिशतभन्दा बढी विषादीको मात्र रहेको खण्डमा त्यो तराकारी रातो रङ्गमा पर्दछ ।

कुन तरकारीमा बढी विषादी ?

तरकारीमा विषादीको कुरा गर्ने हो भने आठ महिनामा १ हजार ५ सय ६ तरकारीमा विषादीको परिक्षण गरिएको छ । जसमा १ हजार ४ सय ८९ तरकारी हरियो, ९ वटा पहेँलो र ८ वटा रातो रङ्गमा परेका छन् । यसैगरी सबैभन्दा बढी काउली र फर्सीमा बढी विषादी देखिएको प्रयोगशालाले जनाएको छ । त्यसपछि टमाटर, काँक्रा र लौकामा विषादी बढी पाइएकोे छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कालिमाटीका नायब प्राविधिक सहायक जाग्यश्वर शर्माको सल्लाह अनुसार ‘हेर्दा राम्रो चिल्लो देखिने तरकारी नकिन्ने, हेर्दा ओइलाएको र आकार नमिलेको तरकारी किन्ने, किनेको तरकारी तुरुरन्तै प्रयोग नगर्ने, बजारबाट ल्याएको तरकारी ३ देखि ४ घण्टा पानीमा भिजाएर राख्ने, बजारबाट ल्याएको तरकारी अर्को दिन प्रयोग गर्ने ।’

कुन क्षेत्रमा विषादीको बढी प्रयोग ?

कालिमाटी प्रयोगशालाका अनुसार चितवनबाट आयात हुने तरकारीमा धेरै मात्रामा विषादी देखिएको छ । त्यसपछि धादिङ, काभ्रे र सर्लाहीबाट आयत हुने तरकारीमा विषादीको मात्रा बढी देखिएको छ । यसैगरी चीन र भारतबाट आयत हुने तरकारी मध्ये भारतको तरकारीमा बढी विषादी भेटिने गरेको छ । यस आर्थिक वर्षको पछिल्लो आठ महिनामा १ हजार ५ सय ६ तरकारीमा विषादीको परिक्षण गरिसकिएको छ ।

तरकारीमा किरा लाग्न थालेपछि वा किरा लाग्ने भयले विषादीको प्रयोग गर्ने गरिन्छ । त्यसैगरी लामो समयसम्म ताजा राख्नकालागि पनि कतिपय केमिकलको प्रयोग हुने विज्ञहरुको अनुभव रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक