सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

वर्षेनी उकालो लाग्दै आत्महत्याको ग्राफ, ५ वर्षयता २९ हजारले गरे आत्महत्या

कसरी थाहा पाउने आत्महत्याको संकेत ?


आज विश्व आत्महत्या रोकथाम दिवस नेपालसहित विश्वभर मनाइएको छ । शारीरिक, मानसिक, व्यवहारिक र सामाजिक कारणले आफैं समाप्त हुनुलाई आत्महत्या भनिन्छ । दिनप्रतिदिन आत्महत्याको संख्या बढ्दै जानुमा देश संक्रमणकालिन अवस्थामा हुनु, सामाजिक परिवर्तन लगायतका मुख्य कारण रहेको विज्ञहरु बताउँछन् ।

नेपाल प्रहरीको विगत पाँच वर्ष यताको तथ्यांक केलाउँदा यो अवधिमा २९ हजार ६ सय ५६ जनाले आत्महत्या गरेका छन् । जस मध्ये १५ हजार ९ सय ६५ जना पुरुष, ११ हजार २ सय ५३ जना महिला, ९ सय ६५ जना बालक र १ हजार ४ सय ७३ जना बालिका रहेका छन् ।
महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको तथ्यांकले देखाएको छ । पाँच वर्षमा पुरुषले ५४ प्रतिशत, महिलाले ३८ प्रतिशत, बालकले ३ र बालिकाले ५ प्रतिशत आत्महत्या गरेका छन् ।

नेपालमा उकालो लाग्दै आत्महत्याको ग्राफ !

५ वर्षयता २०७३–०७४ मा ५ हजार १ सय ३१ जनाले आत्महत्या गरेका छन् । जस मध्ये २ हजार ६ सय ५३ पुरुष, २ हजार १ सय ७४ महिला, १ सय १९ बालक, १ सय ८५ बालिका छन् । यसैगरी २०७४–७५ मा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् । जस मध्ये पुरुष २ हजार ८ सय ४२, महिला २ हजार २ सय ४२ , बालक १ सय ११ जना र बालिका १ सय ३९ छन् ।

पछिल्लो केही वर्ष यता महाभूकम्प, कोरोना महामारी जस्ता कारणले मानिसको जीवनशैलीमा समस्या परेको छ । जसकारण समाजमा विभिन्न परिवर्तन भएर प्रतिस्पर्धात्मक समाजको विकास हुँदै गएको छ । जसमा आफूलाई अनुकुल बनाउन नसकेपछि मानिसले आत्महत्याको बाटो राज्ने गरेको त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागकी प्राध्यापक डा.नन्दिता शर्मा बताउँछिन् ।

२०७५–७६ मा ५ हजार ७ सय ८७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ३ हजार १ सय २३, महिला २ हजार २ सय ५, बालक १ सय ८९, बालिका २ सय ७० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यसैगरी २०७६–०७७ मा संख्यामा वृद्धि हुँदै ६ हजार २ सय १४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ३ हजार ४ सय ७, महिला २ हजार १ सय ८४, बालक २ सय ५२ र बालिका ४ सय ९ जना छन् ।

प्रहरीका अनुसार २०७७–०७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुष ३ हजार ९ सय २८, महिला २ हजार ४ सय ४९, बालक २ सय ९४ र बालिका ४ सय ७० छन् ।

किन बढ्दैछ आत्महत्या ?

पछिल्लो केही वर्ष यता महाभूकम्प, कोरोना महामारी जस्ता कारणले मानिसको जीवनशैलीमा समस्या परेको छ । जसकारण समाजमा विभिन्न परिवर्तन भएर प्रतिस्पर्धात्मक समाजको विकास हुँदै गएको छ । जसमा आफूलाई अनुकुल बनाउन नसकेपछि मानिसले आत्महत्याको बाटो राज्ने गरेको त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागकी प्राध्यापक डा.नन्दिता शर्मा बताउँछिन् । ‘मानिसमा आत्महत्याको सोच आउने सामाजिक र मानसिक कारण हुन्छ,’ उनी भन्छिन्, ‘जब मानिसले त्यसलाई जित्न सक्दैन त्यसपछि उसको आत्महत्या गर्ने विचार बढ्दै जान्छ ।’

सामाजिक हिसाबले कतिपय अवस्थामा महिला पीडित भनिएपनि व्यवहारिक कोणबाट पुरुषमा धेरै भार हुन्छ । त्यसैले पनि आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै भएको हुन सक्ने डा. शर्मा बताउँछिन् । ‘महिलाहरु तनाब हुँदा रोएर आफ्नो तनाब कम गर्छन तर, पुरुषको लागि त्यो वातावरण छैन,’ शर्माले भनिन् ‘पुरुषले पीडा सहन सक्छ, उसले रुनु हुँदैन रोयो भने त नामर्द भइहाल्यो नि भन्ने मानसिकता जबर्जस्त घुसाइएको छ । तर, पुरुषहरु अत्याधिक पीडा भएपछि आफू जीउने बाटो देख्दैनन् र आत्महत्याको बाटो रोज्छन् ।’

यसैगरी, आत्महत्याको संख्या बढ्नुको कारण विभिन्न संकटहरु हुन सक्ने त्रिविका वरिष्ठ मनोविद् बिनोद पौडेल बताउँछन् । ‘महाभूकम्पपछि मानसिक पीडाबाट केही रिकभर भइरहेको थियो तर त्यसपछि पुनः कोभिडको संकट आयो,’ पौडेलले भने, ‘यस्ता संकटको प्रभावले धेरै मानिस डिप्रेशनमा जाने भएकाले आत्महत्याको संख्यामा वृद्धि भएको हो ।’

सामाजिक, आर्थिक, राजनीतिक, सूचना पहुँच, प्रविधिको हिसाबमा नेपाली समाज तीव्र गतिमा फड्को मारेको छ । योसँगै मान्छेको आवश्यकता पनि बढ्दै गएका छन् । पुरानो सामाजिक संरचनामा परिवर्तन हुँदा बिचको संक्रमणकालिन अवस्था हुँदा योसँग घुलमिल हुन नसक्दा मान्छेमा विचलित व्यवहार सिर्जना हुन्छ ।



एक अध्ययनका अनुसार महिलाहरु बढी आत्महत्याको प्रयास गरे पनि असफल हुने र पुरुष सफल हुने भएकाले महिलाको तुलनामा बढी पुरुषले आत्महत्या गरेको तथ्यांकमा देखिएको पौडेलले बताए । ‘पुरुषले अपनाउने आत्महत्या खतरनाक हुने भएकोले सफल हुन्छन्,’ पौडेले भने, ‘महिलाले अपनाउने आत्महत्याको विधि कम खतरनाक हुने भएकाले असफल हुन्छन् ।’
|
बालिकाहरु किशोरास्थामा जाँदा शारीरिक र मानसिक रुपमा परिवर्तन हुँदा त्यससँग समायोजन हुन नसक्नु, उमेर भन्दा छिटो परिपक्व हुनु, आफ्नो रुपप्रति असन्तुष्ट हुनु र पढाई प्रतिको दबाब लगायत विभिन्न करणले डिप्रेशन हुने र आत्महत्या गर्ने कारण हुनसक्ने पौडेल बताउँछन् ।
सामाजिक, आर्थिक, राजनीतिक, सूचना पहुँच, प्रविधिको हिसाबमा नेपाली समाज तीव्र गतिमा फड्को मारेको छ । योसँगै मान्छेको आवश्यकता पनि बढ्दै गएका छन् । पुरानो सामाजिक संरचनामा परिवर्तन हुँदा बिचको संक्रमणकालिन अवस्था हुँदा योसँग घुलमिल हुन नसक्दा मान्छेमा विचलित व्यवहार सिर्जना हुन्छ । त्यसले पनि आत्महत्याको संख्या वृद्धि गर्न सघाउ पुर्याइरहेको समाजशास्त्री डा.टिकाराम गौतम बताउँछन् ।

अर्का समाजशास्त्री तिलक विश्वकर्मा आत्महत्याको संख्या वृद्धि हुनुमा सामाजिक सञ्जाल, इस्टमित्र, समाजिक पद र प्रतिष्ठा लगायतका पक्ष रहेको बताउँछन् । ‘मान्छेको व्यवहारलाई समाजले नै नियन्त्रण गर्छ, समाजमा आफूलाई सुरक्षित महशुस गर्नेले सहजै जीवन निर्वाह गर्छ,’ विश्वकर्माले भने, ‘समाजमा असुरक्षित महाशुस गर्नु र समाजबाट असमानता, प्रतिष्ठा गुमाएका व्यक्तिले अत्महत्याको बाटो रोज्छ ।’

आत्महत्याको रोकथाम

आत्महत्या रोकथाम गर्न मान्छेमा सचेतना अभिवृद्धि गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिला व्यक्तिको उदासिनता, डिप्रेशन, आत्महत्याको संकेतको पहिचान गर्नुपर्ने मनोविद् पौडेल बताउँछन् । यसका साथै स्थानीय तहमा मनोपरामर्शको व्यवस्था गर्नु पर्ने उनको जोड छ ।

आत्महत्यालाई नियन्त्रण गर्न आत्मबल बढाउने, आफूमा समस्या परेमा आफन्तसँग व्यक्त गर्न वातावरण मिलाई दिनुपर्ने प्रा.डा. शर्मा बताउँछिन् । ‘कसैमा फरक खालको व्यवहार देखेमा उसको मनोभाव बुझ्ने र उसलाई परामर्श दिनुपर्छ,’ उनी भन्छिन्, ‘कतै त्यो भावनाले उसलाई आत्महत्या गर्न प्रेरित त गर्दैन ? यो बुझ्नु एकदमै महत्वपूर्ण हुन्छ ।’

आत्महत्या गर्ने प्रयास गर्नेहरु कतिपयले मौखिक रुपले भनेका हुन्छन् भने कतिपयले व्यवहारमा देखाउँछन् । बाँचेर बेकार भयो, मर्न मन लाग्छ, जिन्दगी भारी भइसक्यो, दिक्क लाग्न थलिसक्यो, केही गर्न नसक्ने भएँ जस्ता निरसावादी सोच सुनाउने मनोविद् पौडेल बताउँछन् ।

नयाँ सामजिक संरचानामा के–कस्ता चुनौती छन् । त्यस्ता चुनौतीबाट मान्छे कसरी जोगिन सक्छ ? यसका बारेमा जनचेतना फैलाउन सकियो भने पनि आत्महत्या निरुत्साहन गर्न सकिने समाजशास्त्री गौतम बताउँछन् । ‘नयाँ पुस्तामा पनि आत्महत्या बढ्दै गएकाले यससम्बन्धी चेतना फैलाउन विद्यालयको पाठ्यक्रममै समाबेश गर्न जरुरी छ,’ गौतमले भने ।

कसरी थाहा पाउने आत्महत्याको संकेत ?

आत्महत्या गर्ने प्रयास गर्नेहरु कतिपयले मौखिक रुपले भनेका हुन्छन् भने कतिपयले व्यवहारमा देखाउँछन् । बाँचेर बेकार भयो, मर्न मन लाग्छ, जिन्दगी भारी भइसक्यो, दिक्क लाग्न थलिसक्यो, केही गर्न नसक्ने भएँ जस्ता निरसावादी सोच सुनाउने मनोविद् पौडेल बताउँछन् । ‘ निरसावादी कुरा गर्दा उनीहरुलाई नसुनेर सम्झाउन, नैतिक पाठ पढाउन कोसिश गरिन्छ,’ उनले भने, ‘यस्ता क्रियाकलाप नगरि उसका समस्या बुझेर मनोचिकित्सकको परामर्श लिनुपर्छ ।’

यसैगरी, सधैं हाँसीखुशी रहने मान्छे बाहिर ननिस्कने, एक्लै बस्ने, रिसाउने, खानामा रुचि कम गर्ने, कम सुत्ने, जस्ता व्यवहारमा परिवर्तन आएमा कारण के हो पत्ता लगाउनुपर्ने मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारी बताउँछन् । ‘अझै कतिपय निराश भएर बस्ने मान्छे एकाएक हाँसी खुसी हुनु बाहिर निस्कनु जस्ता परिवर्तन देखिन सक्छ,’ अधिकारीले भने, ‘यसरी कुनै व्यक्तिको व्यवहारमा परिवर्तन देखिन्छ भने परिवार, साथीभाईहरुले निगरानी राख्नुपर्छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी

नेपाल साफ च्याम्पियनसिप फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ । माल्दिभ्समा जारी १३ औं संस्करणको उपाधिका लागि आज (शनिबार)

पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले

विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार