English

यस्तो छ हरितालिका तीजको महिमा, कसरी बस्ने व्रत ?



विष्णुप्रसाद पोखरेल, प्राचार्य, वेद विद्याश्रम

तीज सबै हिन्दु नारीहरुको महान पर्व हो । पौराणिक कालदेखि नै तीज को व्रत बस्ने धार्मिक परम्परा रहि आएको छ । पौराणीक मान्यता अनुसार पार्वतीले शिवजीलाई पतिको रुपमा पाउनको लागि वर्षौंसम्म कठोर तपस्या गरेकी थिइन् । नेपालमा विवाहित, अविवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयु, सुस्वास्थको कामनाको लागि व्रत बस्ने चलन भनिए पनि यो भ्रमपूर्ण छ । नारीले परिवार, राष्ट्र र आफ्नो कल्याणका लागि तीजको व्रत बस्छन् ।

तीजको व्रत कसरी बस्ने ?

तीजको व्रत विशेष गरेर पाँच दिन मनाइन्छ । दर खाने अघिल्लो दिनबाट तीज सुरु हुन्छ । बुबा–दाजुभाइले श्रीमती, छोरीचेलीलाई मिठो भोजन खुवाउनका लागि अघिल्लो दिन सामग्री जोहो गर्छन् । यो दिन तीजको पहिलो दिन भनिन्छ । दर खाने दिन तीजको दोस्रो दिन, परिवारका सबै छोरीचेली जम्मा भई दूधबाट बनेका परिकार (खीर, ढकनी) लगायत शुद्ध शाकाहारी भोजन खाइन्छ । लौकिक प्रचलन अनुसार भाद्र शुक्ल द्धितीयाका दिन (दर खाने दिन) राति १२ बजे भन्दा अगावै खाइसक्नुपर्ने हुन्छ ।

तृतीयाका दिन अर्थात् तीजका दिन बिहानै उठ्ने स्नान गर्ने, शुद्ध बस्त्र लगाएर पवित्र हुने । निराहार (केही नखाई बस्ने व्रत), निर्जला (पानी नपिई बस्ने व्रत), जलाहार (दूध, पानी जस्ता तरल पदार्थ खाएर बस्ने), फलाहार (फलफूल खाएर बस्ने व्रत), नक्तभोजी (एक छाक शुद्ध शाकाहारी खाना खाएर बस्ने व्रत) मध्ये शरीरको सामथ्र्य अनुसार व्रत बस्न सकिन्छ ।

दिनभरी उपासना गरेर साँझ पुजा गर्ने, रातभर दियो बाल्ने र सक्नेले नाँच्ने, भजन कृतन गर्ने गर्दछन् । रातभरी जागराम बसेर चौथौँ दिन बिहान स्नान गरेर पुजा गर्ने र व्रत समापन गर्न आफँै उम्रेका खानेकुराहरु भोज्य सामाग्रीको रुपमा प्रयोग गर्ने चलन छ ।
पाँचौँ दिन अर्थात ऋषिपञ्चमीका दिन ऋषिका पत्नी अरून्धतीको पुजा गरिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानिकनै गरिएका पापबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत बस्ने गरिन्छ ।

ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याहृनमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राहृमणलाई दानदक्षिणा दिने प्रचलन छ ।

हरितालिका र तीजको सम्बन्ध

हरितालिका तीजको कथा देवीद्वारा हरण गरिएको पर्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले भगवान विष्णुसँग गरिदिन लागेका थिए । तर, पार्वती बाल्यकालबाट नै शिव भक्त थिइन् । उनैसँग विवाह गर्न चाहन्थिन् ।

हरितालिकाको शाब्दिक अर्थलाई केलाउँदा ‘हरिता’ र ‘अलिका’ भन्ने शब्दबाट बनेको हो । यसमा रहेको ‘हरिता’ भन्ने शब्दले ‘हरण’ गरिएको भन्ने अर्थ र ‘अलिका’को अर्थ साथीहरूद्वारा भन्ने अर्थ बुझाउँछ ।

पार्वतीले साथीहरु द्वारा हरण भई जंगलमा गएर निर्जला व्रत सुरु गरिन् । बालुवाबाट शिव लिङ्गको मुर्ति बनाई पूजा आराधना गरिन् । शिव नै ब्राम्हणको भेष धारण गरेर आउँदा उनको त्यो भक्ति र प्रेम देखेर प्रशन्न भएको र शिवलाई पर्वतीले पतिको रुपमा प्राप्त गर्छिन् । यही दिन भाद्र शुक्ल तृतीया पर्ने भएकाले महिलाहरूले व्रत बस्ने परम्परा छ ।

(पोखरेलसँगको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested