English

सामान्य खाले स्वास्थ्य समस्यालाई निको पार्ने घरेलु विधि



धेरै मानिसहरु साना–साना रोगबाट आजित हुन्छन् । केहि व्यक्तिमा सामान्य रुघाखोकी, ज्वरो र सामान्य चोटपटक लाग्दा पनि आत्तिएर औषधि सेवन गरी हाल्ने बानी हुन्छ । भने, केहीले हेल्चेक्राईँ गरेर समस्यालाई अझै बढाएको पनि देखिन्छ । सामान्य बिरामीले पनि मानिसलाई प्रशस्तै दुःख दिइरहेको हुन्छ । यस्ता सामान्य स्वास्थ्य समस्याबाट जोगिनका लागि घरेल औषधिको प्रयोग गर्न सकिन्छ । घरेलु औषधि हामीले प्रयोग गरे पनि कसरी प्रयोग गर्ने तरिका जानेको हुँदैनौं । त्यसो त स्वासथ्यमा सामान्य समस्या देखिँदा के गर्ने भन्ने बारे वरिष्ठ आयुर्वेद विज्ञ डा.श्यामबाबु यादवको सुझाव यस्तो छ :

रुघाखोकी

सामान्य रुघाखोकी लागेको बेलामा तुलसी, बेसार, अदुवा, मरिच मिसायर पकाउने र अन्तिममा मह मिसायर यसको सेवन गर्दा रुघाखोकी कम हुन्छ । तुलसी र अदुवाको रस निकालेर त्यसको सेवन पनि लाभदायक हुन्छ ।

हातखुट्टा पोलेमा

अलि–अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाई पनि कम हुन्छ । घिउकुमारीको गुदी सुख्खा छालामा दल्दा छाला नरम हुन्छ ।

घाँटी दुख्दा

घाँटी दुखेको बेलामा तुलसीको पातलाई उमालेर त्यसमा मह हालेर खानाले पनि धेरै फाइदा गर्छ ।

ज्वरो

सामान्य ज्वरो आएको बेला ज्वानो पानी र जीरा पानीको सेवन गर्न सकिन्छ । यसले शरीरबाट तापक्रमलाई बाहिर निकाल्ने काम गर्छ ।

चोटपटक

सामान्य चोटपटकमा बेसारको प्रयोग एकदमै लाभदायक हुन्छ । चोटपटक लागेको ठाउँमा बेसारको लेप बनाएर लगाउने र बेसार पानी पकाएर खाने गर्नाले घाउ बिस्तारै भरिदै जान्छ ।

पेट दुख्दा

ग्यास्ट्रिकको कारणले हुने पेट दुखाईमा ज्वानोको धुलोको सेवन लाभदायक हुन्छ । ज्वानो पानी पकाएर पनि सेवन गर्न सकिन्छ । सामान्य पेट दुखाईमा एलोभेरा जुसको सेवन गर्दा पनि हुन्छ ।

जोर्नी दुखाई

जोर्नीको दुखाईमा लसुनको प्रयोग गर्न सकिन्छ । तेलमा लसुन पकाएर त्यस तेलले जोर्नी दुखेको ठाउँमा मालिस गर्दा दुखाई कम हुन्छ । खानामा लसुनको प्रयोग गरेर वा लसुन चपाएर पनि खान सकिन्छ ।

यो पनि पढ्नुहोस् :
के हो ब्यालेन्स डाइट ? के–के समाबेस गर्ने ?
सामान्य दुखाईमा पनि पेनकिलर खानु हानिकारक ! यस्ता हुन्छन् साइड इफेक्ट
युरिक एसिडको बिरामीले के खाने, के नखाने ?
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested