English

विकल्पबिहिन त्रिवि : स्नातकोत्तरको २ वर्षे सेमेस्टर सक्नै ४ वर्ष, हजारौं विद्यार्थीको भविष्य अन्योलमा



कोरोना महामारीले नेपालको शिक्षा प्रणाली अस्तव्यस्त बनाएको छ । शिशु कक्षादेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा छ । तर, यसबारे शिक्षा क्षेत्रका सम्बन्धित निकाय मौन देखिन्छन् ।

देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको हालत लथालिंग छ । वार्षिक होस् या सेमेस्टर । कुनैपनि तहका परीक्षा र कक्षा समयमै सञ्चालन हुन सकेका छैनन् । अझै भन्ने हो भने स्नातकोत्तर तहको समेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीको २ वर्षमा सकिने कोर्स लगभग ४ वर्ष लाग्ने भएको छ । यद्यपि, त्रिवि यसको उचित विकल्पको खोजीमा उदासिन देखिएको छ ।

कोरोना भाइरसको संक्रमण सुरु भएसँगै अर्थात् सन् २०२० मा स्नातकोत्तर पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीले यतिबेला तेस्रो सेमेस्टरको समेत परीक्षा दिएर चौथो समेस्टरको पढाई सुरु हुनुपर्ने पशुपति बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख दिपक पोखरेल बताउँछन् । तर, त्रिविले अहिलेसम्म दोस्रो सेमेस्टरकै परीक्षा मिति तोक्न सकेको छैन ।

दोस्रो समेस्टरको परीक्षा फारम भर्ने मिति समेत २ पटक थपेर भदौ २० गतेसम्म पु¥याएको छ । त्यसैले भदौ महिनामा पनि स्नातकोत्तरको परीक्षा हुने छाँटकाँट नभएको उनी सुनाउँछन् । ‘त्रिवि निर्विकल्प बन्दा स्नातकोत्तर सेमेस्टरमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ,’ उनले भने, ‘अब त्रिविले अनलाइनमै पढाउने निर्णय गरेपछि परीक्षाको पनि अर्को विकल्प सोच्नैपर्छ ।’

स्नातकोत्तरको पढाई समयमा नै सक्न र राम्रो जनशाक्ति उत्पादन गर्नका लागि दुई वर्ष भित्र नै थेसिस र फाइनल परीक्षा दिनु पर्ने शाक्यको जोड छ । ‘सेमेस्टर प्रणाली जस्तो हुनुपथ्र्यो त्यस्तो नभएकै हो,’ शाक्यले भनिन्, ‘२ वर्षभित्रै सबै सेमेस्टरका परीक्षा र थेसिस सँगै सकिनु पर्ने हो तर थेसिस लेख्न विद्यार्थीले नै ढिलो गर्छन् त्यसैले विद्यार्थीको पनि कमजोरी छ ।’

त्रिभुवन विश्वविद्यालय मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्य समेस्टर होस् या वार्षिक प्रणालीका परीक्षा हुन ढिलो भएको स्विकार्छिन् । त्रिविसँग परीक्षा लिने अन्य विकल्प नभएकै हो ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हामीले कक्षा १० को जस्तै आन्तरिक मूल्यांकनबाटै स्नातक तथा स्नतकोत्तरको परीक्षाको नतिजा लिने सोचेका थियौं तर, एसईईको नतिजा जुन खालको अपारदर्शी देखियो त्यस्तै हुन्छ भन्ने सोचेर अर्को विकल्पमा नगएका हौं ।’

स्नातकोत्तरको पढाई समयमा नै सक्न र राम्रो जनशाक्ति उत्पादन गर्नका लागि दुई वर्ष भित्र नै थेसिस र फाइनल परीक्षा दिनु पर्ने शाक्यको जोड छ । ‘सेमेस्टर प्रणाली जस्तो हुनुपथ्र्यो त्यस्तो नभएकै हो,’ शाक्यले भनिन्, ‘२ वर्षभित्रै सबै सेमेस्टरका परीक्षा र थेसिस सँगै सकिनु पर्ने हो तर थेसिस लेख्न विद्यार्थीले नै ढिलो गर्छन् त्यसैले विद्यार्थीको पनि कमजोरी छ ।’

एम ए तेस्रो सेमेस्टर, बिसिएको पनि दोस्रो, चौथो र छैठौँको परीक्षा सकिएको र बाँकी परीक्षा पनि दशैं अघि सक्ने त्रिविको तयारी रहेको उनले बताइन् ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी कोरोना महामारीका कारण उच्च शिक्षाको शैक्षिक सत्र तीन महिना सरेको दाबी गर्छन् । त्रिविअन्र्तगत देशभरका क्याम्पसमा ३५ हजार सेमेस्टर प्रणालीमा र ५० हजार वार्षिक प्रणालीमा स्नातकोत्तरका विद्यार्थी रहेका छन् ।

‘परीक्षाको तालिका प्रकाशित भएकाहरु भौतिक रुपमा नै परीक्षा दिनुपर्छ यदि लकडाउन र भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएमा अनलाइनबाटै परीक्षा गर्छौं,’ जोशीले भने, ‘सम्बन्धित डिन कार्यालयले परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिइरहेको छ ।’

सेमेस्टर प्रणालीमा परीक्षा दिएको ९ देखि १३ महिनासम्म नतिजा प्रकाशन गर्न नसकेको स्वाकार्दै जोशीले भने, ‘हाम्रो पनि जनशक्तिदेखि लिएर विभिन्न समस्याहरु छन्, जसकारण समयमा नतिजा प्रकाशन गर्न सकिएको छैन,’ जोशी थप्दै भन्छन्, ‘तर अबका दिनमा कोरोना महामारी जस्तो विषम परिस्थितिमा पनि खटिएका छौँ, सुधार गर्दै जाने छौँ ।’

सेमेस्टर प्रणालीमा ६–६ महिनामा परीक्षा हुनु पर्ने हो तर कोरोनाको कारणले केही ढिला भएको जोशीको भनाई छ । ‘सेमेस्टर प्रणालीको शैक्षिक सत्र दुई वर्षमा नै सकिन्छ तर, गत वर्ष कोरोनाका कारणले हेर्ने र पर्खिने बाहेक केहि गर्न सकिएन,’ जोशी भन्छन्, ‘अबका दिनमा केही परिआएमा बैकल्पिक तरिकाबाट शैक्षिक सत्र अनुसार नै अगाडी बढ्छौँ ।’

सेमेस्टर प्रणालीमा परीक्षा दिएको ९ देखि १३ महिनासम्म नतिजा प्रकाशन गर्न नसकेको स्वाकार्दै जोशीले भने, ‘हाम्रो पनि जनशक्तिदेखि लिएर विभिन्न समस्याहरु छन्, जसकारण समयमा नतिजा प्रकाशन गर्न सकिएको छैन,’ जोशी थप्दै भन्छन्, ‘तर अबका दिनमा कोरोना महामारी जस्तो विषम परिस्थितिमा पनि खटिएका छौँ, सुधार गर्दै जाने छौँ ।’

कोरोना कालको समयमा शुन्य समय मानेर विद्यार्थी, शिक्षक र शिक्षण संस्थाहरु एकअर्कालाई सहयोग गर्दै अगाडी बढ्नुपर्छ । ‘अबका दिनमा जस्तो परिस्थिति आएपनि विद्यार्थीले पढ्नुपर्छ । शिक्षकले पढाउनुपर्छ भन्ने मनस्थिति बनाउनुपर्छ,’ उनले भने, ‘६ महिनाको कोर्सलाई ५ महिना बनाएर भएपनि शैक्षिक सत्रको पात्रोमा ल्याउनु पर्छ ।’

के भन्छन् विद्यार्थी ?

त्रिवि यसरी निर्विकल्प बन्दा विद्यार्थीको भावी योजनामा नै बाधा पुगेको पिजी क्याम्पसको वनस्पति विज्ञान संकायमा तेस्रो सेमेस्टरमा अध्ययनरत पुष्पा पौडेल बताउँछिन् । ‘मास्टर्सपछि कतिको बिहेदेखि लिएर भविष्यको धेरै योजना हुन्छन् तर यो पढाई नै नसक्किएपछि सबैमा बाधा आएको छ,’ उनी भन्छिन्, ‘कोरोनापछि पहिलो सेमेस्टरको परीक्षाको नतिजा पनि समयमा आएको छैन, जसले साथीहरुलाई थेसिस लेख्न पनि समस्या भएको छ ।’

कोरोना आइसकेपछि अन्य विश्वविद्यालयले बैकल्पिक विधिबाट परीक्षा लिएका छन् तर, त्रिविले भने परीक्षा लिन नसकेको पिजी क्याम्पसकै विद्यार्थी राजु चौधरी बताउँछन् । ‘दुई वर्षमा सकिने कोर्स तीन वर्षमा पनि सकिएन,’ राजु भन्छन्, ‘आर्थिक भार बढ्दै छ, कमाउने उमेरमा पढाईमै बढी खर्च भइसक्यो ।’

दुई वर्षमा सकिने कोर्सको पहिलो समेस्टरको परीक्षा भएको वर्षदिन पुग्न लाग्दासमेत नतिजा सार्वजनिक नभएकोमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी शैलेस लोप्चन गुनासो गर्छन् । ‘२ वर्षमा पुरा हुने कोर्स ४ वर्ष लाग्ने भयो,’ लोप्चन भन्छन्, ‘त्रिविका विभागीय प्रमुख र प्राध्यापक राम्रा भएपनि प्रशासनले विद्यार्थी अनुकुल काम गर्न सकेको छैन ।’

कोरोना बढ्दै जाँदा भौतिक परीक्षाको टुङ्गो नहुने भएकाले परीक्षाको विकल्प खोज्नु पर्ने विद्यार्थीहरुको माग छ । ‘अनलाइन परीक्षा दिएर विद्यार्थीले चोरी गर्छ भन्ने मानसिकता छ, यसरी परीक्षा दिँदा विद्यार्थीले पेपरमा पास गरे पनि लाइफ टाइमलाई पास गर्न सक्दैन,’ लोप्चनले भने ।

त्रिविले ५० वर्ष अगाडिको परीक्षा प्रणालीमा अल्झेर बस्न नहुने यसै क्याम्पसमा अध्ययनरत सुवास जोशीको बताउँछन् । ‘बाहिरका विश्वविद्यालयमा ओपन बुक परीक्षा लिने प्रणाली आइसकेको छ,’ उनले भने, ‘ह्वाट, डिफाइन जस्ता प्रश्न नदिएर विद्यार्थीको तर्क आउने प्रश्नहरु बनाउनु पर्छ साथै, आन्तरिक प्रयोगात्मक परीक्षाहरुमा सुधार गर्नुपर्ने हुन्छ ।’ यसरी गर्ने हो भने अनलाइनमै परीक्षा लिँदा केही फरक नपर्ने उनको धारणा छ ।

स्नातकोत्तर अध्ययन गर्दासम्म व्यक्तिले धेरै जिम्मेवारी वहन गर्नुपर्छ । तर, यसबारे त्रिवि कठोर बनेको पशुपति बहुमुखी क्याम्पसमा समाजशास्त्र दोस्रो समेस्टरमा अध्यनरत योङ्गिता लामाको बताउँछिन् । ‘त्रिविले सञ्चालन गरेको सेमेस्टर प्रणालीमा ८० प्रतिशत हाजिरी अनिवार्य पुर्याउनुपर्ने बाध्यता विद्यार्थीलाई छ, अनि त्रिविले चाहिँ परीक्षा समयमै गर्नुपर्दैन ?’ उनको प्रश्न छ ।

त्रिविले ५० वर्ष अगाडिको परीक्षा प्रणालीमा अल्झेर बस्न नहुने यसै क्याम्पसमा अध्ययनरत सुवास जोशीको बताउँछन् । ‘बाहिरका विश्वविद्यालयमा ओपन बुक परीक्षा लिने प्रणाली आइसकेको छ,’ उनले भने, ‘ह्वाट, डिफाइन जस्ता प्रश्न नदिएर विद्यार्थीको तर्क आउने प्रश्नहरु बनाउनु पर्छ साथै, आन्तरिक प्रयोगात्मक परीक्षाहरुमा सुधार गर्नुपर्ने हुन्छ ।’ यसरी गर्ने हो भने अनलाइनमै परीक्षा लिँदा केही फरक नपर्ने उनको धारणा छ ।

यस्तै, आरआर क्याम्पस अर्थशास्त्र विषय तेस्रो सेमेस्टरमा अध्ययनरत राज उपाध्याय दुई वर्षमा सकिने स्नातकोत्तर सेमेस्टर तीन वर्ष बित्न लाग्दा पनि नसकिनुमा त्रिवि असफल भएको बताउँछन् । ‘कोरोनाले शैक्षिक सत्रलाई धरापमा पारेको छ, ६/६ महिनामा परीक्षा दिनु पर्नेमा २ वर्षमा एउटा परीक्षा दिनु पर्ने परिस्थिति सिर्जना भएको छ,’ उनले भने ।

यो पनि पढ्नुहोस् ।
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
कक्षा १० र १२ का विद्यार्थी भन्छन्, ‘मानसिक तनाव भइराछ’

बोर्ड भन्छ, ‘कक्षा १२ को परीक्षा हुन्छ तर, टुंगो लागेको छैन’
अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै
परीक्षा दिँदै सात दिनकी सुत्केरी
खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,