नेपाली ट्रक यात्राको कथा, अमेरिकामा बन्यो वृत्तचित्र



नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । ‘टयाटुड ट्रक्स अफ नेपाल–हर्न प्लिज’ नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ ।

साँघुरा घुम्तीहरूमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन र्यान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।

त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् ।

मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ । अहिले पनि पहिलोपटक यात्रा गर्नेहरुका लागि यो जोखिमपूर्ण यात्रा नै हो । त्यसमाथि आधा शताब्दी अगाडि राजधानी जोड्ने एक मात्र राजमार्ग कस्तो थियो होला ? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न । यस्तै विषयहरुको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ । यो डकुमेन्ट्रीमा त्यसबेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्केका छन् रनले ।

आफ्नो विगतबारे स्मरण गर्दै उनले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गरेका छन् । सन् १९६४ मा जब उनलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उनले नेपाल नै रोजे ।

अमेरिकामा कला र नाटक अध्यापन गराउने उनको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उनी खुशी छन् । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरे ।

आफ्नो विगतबारे स्मरण गर्दै उनले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गरेका छन् । सन् १९६४ मा जब उनलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उनले नेपाल नै रोजे । जब उनलाई नेपालको बारेमा जानकारी दिँदै ती अधिकारीले सोधे त्यसपछि आफूमा ऊर्जा आएको अनुभव रनको छ । आजभन्दा ५७ वर्षअघिको स्मरण गर्दै उनले भने, ‘मलाई नेपालको बारेमा जानकारी थिएन, तसर्थ मैले एट्लस (विश्वमान चित्रको जानकारी दिने पुस्तक) पल्टाएर नेपाल देश खोजँे । एउटा सानो भूगोल भएको यो देशमा मलाई उर्जा दिने धेरै कुरा भेटेँ । त्यसपछि नै नेपाल जाउँ–जाउँ लाग्यो ।’

उनले जब नेपाल जाने भनेर मनस्थिति बनाए, त्यसपछि नेपालबारे पाएसम्मको जानकारी लिने प्रयत्न गरे । नेपाल दुई वर्ष बसेर नेपाली परिवेशलाई पछ्याउँदै आफ्नो स्वयंसेवी सेवामा योगदान पुर्याएका रनलाई साँच्चै नै नेपालले मोहनी लगायो । त्यसपछि उनी धेरै पटक नेपाल आएका छन् । अमेरिकाबाट १० हजार माइल टाढा रहेको नेपालका बारेमा अझै कतिपय अमेरिकीहरुलाई पर्याप्त जानकारी पनि छैन । तर, पाँच दशकदेखि जोडिएका रनले भने नेपालको कला संस्कृतिको समेत जानकारी दिने गरी कथा लेख्ने र त्यसलाई फिल्ममा उतार्न सक्नु उनको क्षमता र लगाव दुवै हो ।

नेपाल पुगेर उनले त्यो बेला भर्खरै बस्ती बस्दै गरेको चितवनको नारायणगढमा रहेको चितवन हाईस्कूलमा स्वयंसेवक शिक्षकको रुपमा काम गरे । त्यो बेलादेखि नै अमेरिकी स्वयंसेवकहरुले शैक्षिक रुपान्तरणको लागि शिक्षक स्वयंसेवकहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै हालसालै अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले भनेका थिए, ‘७० वर्ष अगाडि नै अमेरिकीहरु गएर स्वयंसेवी भावका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकाले नै नागरिकस्तरको सम्बन्ध मजवुत बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।’

डा. खतिवडाको विचारमा बल दिने गरी रन भन्छन्, ‘त्यो बेला एक त छात्राहरुको संख्या कम हुने त्यसमा पनि नाटक खेल्न छात्राहरुलाई स्टेजमा पुर्याउनु भनेको क्रान्तिकारी कदम नै थियो तर मैले त्यो कदमलाई मूर्त रुप दिन सफल भएको थिएँ । ’ रन थप्छन्, ‘अभिभावक र शिक्षकहरुको समेत समन्वयमा छात्राहरुको आत्मबल वढाउन गरिएको त्यो कामले अहिले पनि मलाई निकै खुशी लाग्छ ।’

ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

आठ दशकको उमेर पार गरिसकेका रनले उत्साहित हुँदै आफ्नो अनुभूति सुनाए । रन जस्तै तीन हजार ८८० जनाले अमेरिकाबाट अर्को गोलाद्र्धमा रहेको नेपाल पुगेर आफ्ना ज्ञान र सीपमार्फत सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सफल भइसकेका छन् । नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग छन् । नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूर्ण आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूर्ण साधन हो । ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ ।

ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्म गरिएको छ ।

वास्तुकलाको प्यागोडा शैलीका बारेमा व्याख्या गर्दै सोह्र सय वर्ष अगाडिको वास्तुकलालाई त्यसभित्र अटाउन सफल भएको छ । त्यसमा हिन्दू देवीदेवताको चाडपर्वअनुसारको रुप र कलाबारे समेत चर्चा गरिएको छ । अमेरिकी समाजमा ट्याटुको लोकप्रियता अत्याधिक छ । त्यसलाई समेत आकर्षण बनाएर दर्शकहरुमाझ पुर्याउने अभिप्रायले रनले ट्याटुड ट्रक्सको शीर्षक छनौट गरेका हुन् । यसले फिल्मको माध्यमवाट दुई देशबीचको नागरिक तहको सम्बन्धमा इँटा थप्ने काममा योगदान पुगेको धेरैले महसुस गरेका छन् ।

डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको

एमाले १०औं महाधिवेशन बन्द सत्र स्थल परिसरमा भेला भएका महाधिवेशन प्रतिनिधि र नेता ।

भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले

पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ । महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे