English

आँखा मुनिको कालो घेरा (डार्क सर्कल) हटाउने ५ घरेलु उपाय



निद्रा नपुग्दा अथवा मोबाइल, ल्यापटप तथा टेलिभिजनको स्क्रिनमा धेरै समय बिताउँदा आँखाको मुनीतिर कालो घेरा अर्थात डार्क सर्कल देखिन्छ । डार्क सर्कलले अनुहारको सुन्दरतालाई नै बिगार्छ । त्यसो त यहाँ घरेलु उपायबाट डार्क सर्कल हटाउने उपायबारे ब्युटिसियन प्रमिला सापकोटाको सुझाव यस्तो छ :

आलु

आलुलाई पिसेर पातलो पेस्ट बनाएर हरेक दिन राती सुत्नु अघि कटन कपडाले त्यो पेस्टलाई लगाएर सुत्ने । बिहान चिसो पानीले धुँदा आँखाको मुनी भएको डार्क सर्कल केही दिनमै हराएर जानेछ ।

काँक्रो

काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुपर्छ । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०÷१५ मिनेटसम्म राखेर सफा पानीले पखाल्नु पर्छ । यसले आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल कम हुँदै जान्छ ।

ग्रीन टि ब्याग

ग्रीन टी ब्यागको प्रयोगले पनि आँखा मुनिको कालो दाग हटेर जान्छ । प्रयोग गरेको ग्रिन टी ब्याग केही समय फ्रिजमा राख्नुपर्छ । त्यसपछि त्यसलाई निकालेर १० मिनेटसम्म आफ्नो आँखामा राखिराख्ने गर्दा केही दिनमै डार्क सर्कल हटेर जानेछ ।

गोलभेँडा

गोलभेँडामा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा गोलभेँडाको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउने । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्ने । आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल बिस्तारै कम हुन्छ ।

बेसार

काँचो दुधमा बेसारलाई मिसाएर पेस्ट बनाएर कालो घेरा भएको ठाउँमा लगाउने । र, १० देखि १५ मिनेट पछि चिसो पानिले पखाल्दा पनि डार्क सर्कल कम भएर जान्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested