English

कोरोनाकालमा खुलेको उद्यमको बाटो



चौध वर्षसम्म मलेशियामा श्रम–पसिना बगाएर फर्कएका भवीन्द्र विक फेरि पनि विदेशै जाने योजनामा थिए । अझ राम्रो कमाइ हुने देखेर उनको मन दुबईतिर मोडिँदै थियो । भिसाको प्रक्रिया पनि थाले । सोचेझैँ जिन्दगी कहाँ छ र ?

दुबईको काम बेलैमा नसल्टिएपछि विक एकाएक भारत हान्निए । उत्तर प्रदेशको कानपुरमा होटलको काम सुरु गरे । विक रोजगारीका लागि छिमेकी देश छिरेको आठ महिना पुग्दा,नपुग्दै कोरोना महामारीले विश्व आक्रान्त बन्यो । भारतमा पनि कोरोना सङ्क्रमण डरलाग्दो गरी फैलियो । बन्दाबन्दीको घोषणा भयो । त्यहाँ श्रम गर्ने नेपाली पैदलै स्वदेश फर्कन थाले । बयालीस वर्षीय विकले पनि घर फर्कने निर्णय लिए । विसं २०७६ चैत ९ गते उनी नेपाल आए । ११ गतेदेखि त यहाँ पनि बन्दाबन्दी सुरु भयो ।

भारतमा छँदा कोरोनाका कारण परिवारसँग भेट हुनै नपाइने हो कि भन्ने चिन्ताले आफूलाई गाँजेको विकले सुनाए । स्वदेश फर्केपछि भने विकले कोरोनाकालमै जीवनलाई नयाँ मोड दिनेतिर सोच्न थाले । नेपालमै केही गर्ने अठोट लिए ।

‘दुबईका लागि प्रयास गरेँ, त्यहाँको प्रक्रिया ढिलो हुने भएपछि काम खोज्दै भारत गएको थिएँ’, गलकोट नगरपालिका–११ रिघाका विकले भने, ‘कोरोनाका कारण त्यहाँबाट पनि फर्कनुपर्यो ।’ घर फर्केपछि बिनाइलम बस्न उनको मनले मानेन । विकको वैदेशिक रोजगारीकै भरमा घर खर्चदेखि छोराछोरीको पढाइ धानिन्थ्यो । कमाइको बाटो नै रोकिएपछि परिवारलाई समस्या पर्ने नै भयो । आफ्नोभन्दा पनि छोराछोरीको भविष्य देखेर विकको मन कुँडिन थाल्यो ।

महामारीको चपेटाबीच न तत्काल विदेश जान सक्ने स्थिति थियो, अर्कोतिर परिवारको मायाले जरक्क उठेर हिँड्न मनले मान्दैन्थ्यो । ‘महामारीको समयमा जे–जस्तो भए पनि परिवारसँगै बस्ने, बरु यहीँ दुःख गरेर खाने भन्नेमा पुगेँ’, विकले भने । भारतमा छँदा कोरोनाका कारण परिवारसँग भेट हुनै नपाइने हो कि भन्ने चिन्ताले आफूलाई गाँजेको विकले सुनाए । स्वदेश फर्केपछि भने विकले कोरोनाकालमै जीवनलाई नयाँ मोड दिनेतिर सोच्न थाले । नेपालमै केही गर्ने अठोट लिए ।

विकले फार्मका लागि अहिलेसम्म कसैको अनुदान वा सहयोग लिएका छैनन् । ‘अहिले त लगानी पनि थोरै छ, व्यवसाय थप विस्तार गर्दैछु, आफू पनि यहीँ स्वरोजगार हुने सके अरुलाई पनि काम दिने सोचमा छु ।’

बागलुङ नगरपालिका–३ रातमाटामा भाडामा घरजग्गा पाइएपछि विकले त्यही कृषि र पशुपंक्षीपालन गर्ने योजना बनाए । अध्ययनका लागि दुई छोरी र एक छोरासहित श्रीमती सदरमुकाममै भएकाले विकलाई व्यवसायमा हात हाल्न पनि सजिलो भयो । गत पुसदेखि उनले ‘हाम्रो कृषि तथा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याएका छन् । फार्ममा अहिले स्थानीय जातका कुखुरा, बट्टाई, हाँस, खरायो, बाख्रापालनसहित तरकारी खेती पनि छ । ऋणधन गरेर छ लाख रुपैयाँ फार्ममा लगानी गरेको विकको भनाइ छ । ‘व्यवसाय थालेको धेरै भएको छैन, विस्तारै लगानी पनि थप्दै जाने र फार्म पनि विस्तार गर्ने योजनामा छु’, विकले भने ।

फार्ममा अहिले ३०० स्थानीय जातका कुखुरा, २०० बट्टाई, हाँस, खरायोलगायत छन् । स्थानीय जाततर्फ साकिनी, लुइँचे र गुजुमुजे कुखुरापालन गरिएको छ । सबै खर्च कटाएर अहिले मासिक २५ हजार रुपैयाँ जति आम्दानी निस्कने गरेको विकले बताए । उनी व्यवसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारीमा छन् । फार्ममा उत्पादित कुखुरा, बट्टाई र अण्डाका लागि बजारको भने कुनै समस्या छैन । ‘धरैजसो फार्मबाटै बिक्री हुन्छ, माग आउँदा बजारमा पनि पु-याउँछौँ’, विकले भने । स्थानीय जातको कुखुरा प्रतिकिलो ८०० रुपैयाँ र अण्डा प्रतिक्रेट ५०० रुपैयाँमा बिक्री हुन्छ । यस्तै बट्टाईको अण्डा प्रतिक्रेटलाई २८० रुपैयाँ पर्छ । मासुका लागि बट्टाईको भाले किन्दा २५० रुपैयाँसम्म पर्ने गरेको छ ।

फार्मका लागि वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्ने गरी चार रोपनी जग्गा भाडामा लिएको विकले बताए । फार्ममा दैनिक काम घरकै सदस्यले गर्छन् । विकलाई श्रीमती जुनमायाको दरिलो साथ छ । ठूली छोरीको सिलाइ व्यवसाय छ । अर्की छोरी स्नातक र छोरा कक्षा ११ मा पढ्छन् । छोराछोरीले पनि बाबुआमालाई काममा उत्तिकै सघाउँछन् । विकले फार्मका लागि अहिलेसम्म कसैको अनुदान वा सहयोग लिएका छैनन् । ‘अहिले त लगानी पनि थोरै छ, व्यवसाय थप विस्तार गर्दैछु’, उनले भने, ‘आफू पनि यहीँ स्वरोजगार हुने सके अरुलाई पनि काम दिने सोचमा छु ।’

यो पनि पढ्नुहोस्
मोटोपना कसरी थाहा पाउने ?
कोरोना खोपबारे भ्रम र यथार्थ
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
देशभर बाढी र पहिरोको बितण्डा (फोटो फिचर)
यातायात व्यवसायीको आक्रोश : ‘सरकारले आन्दोलनको भाषा मात्रै बुझ्छ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested