English

‘पब्जी खेलेर समय बिताइरहेकी छु’



निषेधाज्ञाले गर्दा यतिबेला हरेक क्षेत्र प्रभावित छन् । खेल क्षेत्र र खेलाडीहरु पनि यसबाट अछुतो छैनन् । विभिन्न अभ्यास र खेलमा व्यस्त भइरहने खेलाडीहरु यतिबेला घरभित्रै बस्न बाध्य छन् । त्यसो त निषेधाज्ञामा खेलाडीको दिनचर्या कसरी बितिरहेको होला ? यसै विषयमा महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’सँग मेरो लाइफस्टाइलले गरेको कुराकानी :

निषेधाज्ञामा कसरी दिन बिताइरहनु भएको छ ?

अहिले शरीरलाई आराम मिलिरहेको छ । म घाइते पनि छु । त्यसैले खुट्टाको एक्सासाइज गरेर त कहिले पबजी खेलेर दिन बितिरहेको छ ।

कोरोना संक्रमणदेखि कतिको डर लाग्छ ?

देश व्यापीरुपमा भयावह छ । त्यसकारण डर नै लाग्छ । तर, आफूलाई सम्हालेको छु । त्यति धेरै आत्तिएको छैन ।

कोरोनाबाट बच्न लागि कस्तो उपाय अपानउनु भएको छ ?

घरबाट बाहिर निस्केको छैन र स्वास्थ्य मापदण्ड पालना गर्ने गरेको छु । त्यसैले आफूले संयमता अपनाएमा पक्कै पनि कोरोना हाम्रो नजिक आउँदैन ।

कोरोनाबाट बच्न तपाईको सुझाव के छ ?

घरबाट बाहिर ननिस्कौँ, सरकारले जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना गरौँ । अनावश्यक रुपमा हिडडुल नगरौँ । यदि अत्यावश्यक कामका लागि जानैपरेमा जनस्वास्थ्यका मापदण्डलाई पालना गरौं ।

निषेधाज्ञामा घरमै बसेर खेलाडीहरुले कसरी दिन बिताउन सकिन्छ ?

लकडाउन र निषेधाज्ञा खेलाडीका लागि बाधक नै बनेको छ । अभ्यासको कमीले भोलिको दिनमा खेल खस्किन सक्ने अवस्था हुन सक्छ । जसका लागि घरमै बसेर ‘वर्क आउट’ गर्न सुझाव दिन्छु । यसले खेलाडीको अभ्यासमा ५० प्रतिशत सहयोग गर्छ ।

यो पनि पढ्नुहोस्
निषेधाज्ञामा झरीले रुझेको सुनसान काठमाडौं (फोटो फिचर)
यस्ता हुन्छन् ग्यास्ट्रिकका लक्षण, कसरी बच्ने ?
क्याप्टेन विजय लामाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested