बर्दिया राष्ट्रिय निकुञ्ज : वाइल्डलाइफ फोटोग्राफर र पर्यटकहरुको पहिलो रोजाई (फोटो फिचर)
उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली राष्ट्रिय निकुञ्ज । भौगोलिक विविधताको अनुपम समिश्रण सुन्दर पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जले जोकोहीको मन लोभ्याउने गर्छ। गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । गर्मी मौसममा पानी पिउनका लागि बाघ नदी र तलाउमा आउँने हुँदा यसलाई सजिलै हेर्न पाइने आशमा पनि पर्यटकहरु यहाँ आउँने गर्छन । राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको संख्या एक सय २५ पुगेको छ । आहारा र वासस्थान निकुञ्जमा उपयुक्त हुँदै गएपछि बाघको गतिविधि बढेको छ। बाघ हेर्न आउने पर्यटक मध्ये अधिकांशले दिनहुँजसो बाघ देख्ने गरेका छन्। प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने स्थानीयहरु बताउँछन् ।

यहाँ विशेषगरी पाटेबाघ, एक सिंगे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत घडियाल गोही, मगर गोही, अटर र विभिन्न किसिमका माछा पाइन्छन् । निकुञ्जमा रैथाने र बसाइँ सरी आउने चरा गरी ४ सय ३८ थरीको अभिलेख छ । बर्दिया र कैलालीको सिमानामा अवस्थित कर्णाली नदीलगायत शाखा नदीमा पाइने डल्फिन पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन्। हात्तीसार, खौराहा खोला, गोलाघाट, लालमाटी, मनाउघाटलगायत कोठियाघाटमा पाइने डल्फिन यस क्षेत्रको अर्को आकर्षण हो ।

वाइल्ड लाइफ फोटोग्राफरहरुको पनि मुख्य रोजाईमा पर्छ बर्दिया । चितवन सौराहाका वाइल्ड लाइफ फोटोग्राफर मिलन तामाङ हालै यसैका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका थिए । तस्बिर र भिडियो खिच्न भनेपछि मरिहत्ते गर्ने उनी मुलुकका विभिन्न ठाउँहरु चाहारिरहन्छन् । केहीदिन अघि मात्र उनी सौराहाबाट हिमाली चराहरु खिच्न ललितपुरको फूलचोकी पुगेका थिए । लगत्तै बर्दिया पुगेका उनले त्यहाँ पाटेबाघ, कृष्णसार, ब्राहसिंहे, अटर दर्जनौं थरीका आकर्षक चराहरु इण्डियन ग्रे हर्नबिल, दोयम हुटिट्याउँ, राज लाहाँचे लगायत खिचेका छन् । कृष्णसारको तस्बिर उनले कृष्णसार संरक्षित क्षेत्र खैरापुर पुगी खिचेका हुन् ।








तस्बिर : मिलन तामाङ/वाइल्ड लाइफ फोटोग्राफर
यो पनि पढ्नुहोस्…
मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षी
३ सय ५५ मध्येको एक पाटे बाघ (फोटो फिचर)
चितवनमा पहिलोपटक देखियो मकुना : प्रेमिका भेट्न रोनाल्डो (फोटो फिचर)











1 вин
Если вы ищете надежную и современную платформу для ставок, обратите внимание на 1win. 1win ставки официальный сайт Здесь вас ждет огромный выбор спортивных событий и киберспорта, а также более 10 000 азартных игр на любой вкус. Для всех новых игроков действует щедрое приветственное предложение, которое поможет выгодно начать ваш путь. Присоединяйтесь к сообществу 1win и откройте для себя мир высоких коэффициентов и захватывающих турниров прямо сейчас!