English

३ सय ५५ मध्येको एक पाटे बाघ (फोटो फिचर)



चितवनको सौराहास्थित कुमरोज सामुदायिक बनमा मंगलबार बिहानै भेटिएको पाटे बाघ । यि तस्बिर वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले खिचेका हुन् ।  नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ । बाघको सङ्ख्या दोब्बर बनाउने नेपाल पहिलो देश बनेको हो। नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो। 

नयाँ तथ्याङ्क अनुसार, नेपालको चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन्।

यसअघि नेपालमा सन् २०१८ मा गरिएको गणनामा २३५ वटा पाटे बाघ भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो। जस अनुसार, चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।

नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधार लगायत अन्य विविध विषय चुनौती बनेका छन्।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested