English

साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?



साउनमा महिलाहरूले हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन छ । त्यसैले साउन महिना सुरु भएसँगै हरियो, पहेँलो पहिरन, हातमा मेहेन्दी र चुरा लगाएका महिलाहरूको चहलपहल बाटोघाटो तथा मठमन्दिरमा देखिन्छ । साना–साना बालिकादेखि युवतीहरू पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् । तर, साउनमा हरियो पहिरन चुरा मेहेन्दी किन लगाइन्छ ? भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ ।

साउन प्रकृतिले नयाँ स्वरूप परिवर्तन गर्ने समय हो । प्रकृतिमा हरियो पन आउने भएकोले आफूलाई पनि प्रकृतिसँग अनुकूल गराउन हरियो पहिरन लगाउने हरियो बोटबिरुवाहरूको पातबाट विभिन्न शृङ्गारको सामानहरू बनाएर लगाउने चलन परापूर्व कालदेखि रहँदै आएको छ । अर्को कुरा साउन महिना भगवान् शिवको एकदम प्यारो महिना भएकाले पनि बेल पत्र तथा अन्य सामाग्रीहरूबाट पूजा गरिन्छ । त्यसैले पनि हरियो रङ्ग लगाउने चलन छ ।

भगवान् शिवलाई कुनै पनि वैभव चाहिँदैन त्याग प्रवृत्ति भए पुग्छ । त्यसैले म पनि सबै कुरा त्यागेर शिवको चरणमा जाँदै छु भन्ने अर्थमा पहेँलो वस्त्रको प्रयोग गरिने चलन चल्दै आएको छ । प्राकृतिक जडीबुटीहरूको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकूल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिकै हो । एकातिर शृङ्गार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकूल हुने भएकोले मेहेन्दी लगाउने चलन छ ।

यसरी हरियो रङ्ग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान् शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो । हरिया, पहेँला वस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पूजा आराधना गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक मान्यता पनि छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रङ्गको हुन्छ श्रीमान् वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

यो पनि…
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)
पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested