English

डार्क सर्कलबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय



आजको व्यस्त जीवनशैलीको प्रत्यक्ष असर मानिसको शरीरमा देखिएको छ । व्यस्त जीवन, तनाव, रातिको सिफ्ट, निन्द्राको कमी र अन्य धेरै कारणले आँखा मुनि कालो घेरा देखिन्छ । यी सर्कलहरूले तपाईँको अनुहारको चमक र सुन्दरतालाई कम गर्छ। धेरै अवस्थामा चस्मा लगाएको कारणले पनि यस्तो समस्या हुने गर्छ । महिलाहरू डार्क सर्कल लुकाउन मेकअपको प्रयोग गर्छन्, तर जब यो धेरै हुन्छ, मेकअप गरेर पनि लुकाउन सकिँदैन।

केही यस्ता घरेलु उपायहरू छन्, जसलाई अपनाएर तपाईँको अनुहारको कालो घेरा हटाउन सकिन्छ । यसको लागि तपाईँलाई केही चीजहरू मात्र चाहिन्छ जुन तपाईँको भान्सामा पाइन्छ।

दूधले कालो घेरा हटाउँछ

डार्क सर्कल हटाउन चिसो दूध प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि सबैभन्दा पहिले कपासको बललाई दूधमा भिजाएर राख्नुहोस् । अब यो कपासलाई आँखाको मुनि कालो घेरा भएको ठाउँमा राख्नुहोस्। दिनमा दुई पटक यसो गर्नाले तपाईँको डार्क सर्कलमा प्रभाव देखिनेछ।

गुलाब जल प्रयोग गर्नुहोस्

डार्क सर्कल कम गर्नको लागि दूधमा बराबर मात्रामा गुलाबजल मिसाउनुहोस्। अब त्यसमा कपास भिजाएर आँखामा राख्नुहोस्। बिस मिनेट पछि ताजा पानीले आँखा धुनुहोस्। हरेक दिन यसो गर्नाले छिट्टै प्रभाव देख्नुहुनेछ।

बदामको तेल निकै फाइदाजनक हुन्छ

बदामको तेलमा चिसो दूध मिसाएर डार्क सर्कलमा लगाउनाले पनि अनुहार सफा हुन्छ । यसका लागि बदामको तेल र दूधलाई बराबर मात्रामा मिसाउनुहोस्। अब भिजेको कपासको बललाई आँखामा बिस मिनेटसम्म राख्नुहोस्। त्यसपछि चिसो पानीले धुनुहोस्।

आलुको रस प्रभावकारी छ

आलुको रस डार्क सर्कल हटाउन धेरै प्रभावकारी हुन्छ। यसका लागि सबैभन्दा पहिले आलुलाई पिस्नुहोस्। अब यसको रस निकाल्नुहोस्। कपासको मद्दतले आँखा वरिपरि लगाउनुहोस्। अब सफा पानीले आँखा धुनुहोस्। यसले तपाईँलाई छिट्टै राहत दिन्छ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested