‘उचाइ’ को नयाँ गीत सार्वजनिक
नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ को नयाँ गीत सार्वजनिक भएको छ।
शुक्रबार ‘अरे ओ अंकल’ बोलको गीत सार्वजनिक गरिएको हो। दिव्य कुमार र देवेन्द्रपाल सिंहको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ।
गीतको भिडिओमा बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलाई शारीरिक व्यायाम गरिरहेको देख्न सकिन्छ। उनीहरूलाई सगरमाथासम्म पुर्याउने जिम्मा परिणिती चोपडाले पाएकी छन्।
यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बईमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।
राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।
मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।
मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्। यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।
यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स










创建免费账户
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.