English

चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार



फिल्म ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा १८ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिलन’को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ । रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापालाई फिचर्ड गरिएको छ । साथै, फिल्मको टिमले टिकटक प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागि नगदसहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो ।

सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट पाँच छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिनेछ ।

गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । फिल्मका निर्देशक टेक पौरखी राईका अनुसार राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै टिकटकको भ्युज नहेरेर ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइनेछ । छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७ गर्दै एक हजारसम्म जित्ने अवसर प्रदान गरिनेछ ।

यो अवधि जम्मा १० दिनका लागि राखिएको छ । गीत सार्वजनिक भएको मिति १० असोजदेखि २० असोजसम्म आफ्नो टिकटकको स्क्रिनसट मिलन फिल्मको अफिसियल फेसबुक पेजमार्फत पठाउनुपर्नेछ ।

कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस फिल्मको कथा पनि निर्देशक राईले नै लेखेका हुन् । फिल्ममा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप (फोटो फिचर)



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested