English

एक सय १० वर्ष पुरानो क्लबमा ऋचाको विवाह पार्टी



कैयौं वर्षसम्मको एकअर्काको डेटपछि बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अलि फजलसँग विवाह गर्दैछन् । उनीहरूले आगामी ६ अक्टोबरमा विवाह गर्दैछन् । उनीहरूको विवाहको तयारी निकै भव्य किसिमले भइरहेको छ ।

उनीहरूको विवाहको कार्यक्रम ३० सेप्टेम्बरबाट सुरु भएर ७ अक्टोबरसम्म चल्नेछ । ऋचाले वेडिङ आउटफिटका लागि पाँच अलग–अलग डिजाइनर छनोट गरेकी छन् । सञ्जयलीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ को छायांकनसँगै ऋचाले विवाहको तयारी पनि गरिरहेकी छन् ।

ऋचा र अलिको पाँच अलग अलग वैवाहिक कार्यक्रम हुने भएकाले पाँच डिजाइनर छनोट गरिएको हो । उनीहरूले विवाह पार्टीका लागि भारतमा रहेको सबैभन्दा पुरानो क्लब दिल्ली जिमखाना क्लब छनोट गरेका छन् । यो क्लब एक सय १० वर्ष पुरानो क्लब हो ।

ऋचा र अलि आफ्ना परिवार तथा नजिकका साथीको उपस्थितिमा मुम्बईमा निजी समारोहमा विवाह गर्दैछन् । त्यसपछि उनीहरुले नयाँदिल्ली र मुम्बईमा पार्टी दिनेछन् ।

यो पनि…
लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested