English

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि…



तपाईं टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाईंलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि । तर, क्यानाडाको ग्लोबल न्युजकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको झिंगा उनले निलेकी छिन् ।

भिडियोमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । झिंगो निल्नु परेकोमा आफूलाई हासो लागेको उनले बताएकी छिन् । उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छिन् ।

ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले । ’ उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पु¥याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।

उक्त घटनाबारे एक अन्तर्वातमा उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो । त्यसलाई निल्न मलाई असहज भएको थियो ।

यो पनि…
अचम्मको ताल जहाँ हरेक दिशाबाट हेर्दा फरक देखिन्छ
विरुवा नै लोप हुने विज्ञको चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested