English

प्रदीप खड्का भन्छन्–राजनीतिप्रति धेरै चाख लाग्छ



अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् ।

नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपालको राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले आफू राजनीतिक मान्छे नभए पनि राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयमा धेरै चाख लाग्ने उल्लेख गर्दै प्रकाशको भूमिका गर्दैगर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई नजिकबाट महसुस गर्न पाएको पनि बताएका छन् । नेपालका राजनीतिक नेतृत्वलाई आफूले जे जति बुझेको हो, त्यस आधारमा यो पुस्ताको सबैभन्दा आशालाग्दा नेता गगन थापा हो भन्ने उत्तर दिन आफूलाई खासै सोच्नु नपर्ने पनि स्पष्ट पारेका छन् ।

‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एकजना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो। हुन त म राजनीतिक मान्छे हुँदै हैन, तर मलाई राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएँ।

नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबैभन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा न्बनबल त्जबउब भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन। सुखद संयोग, हिजो गगन दाइसँगको भेट जुर्यो। फिल्म हेरिसकेपछि, दाइसँग समाज, राजनीति, सिनेमालगायतका विषयमा छलफल भयो। दाइलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ। देशको नयाँ व्यवस्था परिवर्तन महसुस गर्न नयॅा नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ । अबको नेतृत्वमा यस्तै नयॅा जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना,’ प्रदीपले लेखेका छन् ।

यो पनि…
‘व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो –प्रकाश’
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested