English

गगन थापाको विजयी हाँसो (फोटो फिचर)



कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।

थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

यो पनि…
कांग्रेस महाधिवेशनको मतदान स्थल (फोटो फिचर)

कांग्रेस महाधिवेशन: पानी हाल्ने ड्रम मतपेटिका बनाइदै (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

Latest










Popular
Suggested