English

दाम्पत्य जीवन आनन्दमय कसरी बनाउने ?



यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान् र श्रीमती दुवैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुवै मानसिक र शारीरिक रूपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।

सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्त्व हो । दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ ।

यौन सम्बन्ध मानव जीवनको एक अभिन्न र महत्त्वपूर्ण पाटो हो । यसको अनुभव र ज्ञानद्वारा जीवनलाई सुन्दर र आनन्दित बनाउन सकिन्छ । यौनको माध्यमले जीवनमा कसरी आनन्द लिन सकिन्छ र जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने कुराको ख्याल हुनु पर्दछ ।

मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिँदैन । दम्पतिबीचको मनमुटाब, डिप्रेसन, तनाव जस्ता कुनै पनि समस्यामा यौनको रुचि नै जाग्दैन । जब यौनमा रुचि छैन भने जबरजस्ती यौन क्रिया गर्नुको अर्थ हुँदैन ।

यौन क्रियाकलापको माध्यमबाट खुसी, सन्तुष्टि प्राप्त गर्नु छ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौन सम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रूपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्नुपर्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अँगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईँलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्याउँछ ।

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाईँको यौन जीवन राम्रो बनाइदिन सक्छन् । तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौन शक्ति वर्द्धक छ, जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्त्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्त्व पनि हुन्छन् ।

यो पनि…
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



...
Arnold

1 cycle of steroids References: https://platform.joinus4health.eu/forums/users/bronzetemper8/

...
Heriberto

References: Craze supplement gnc References: https://oiaedu.com/forums/users/fibercrab5/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

Latest










Popular
Suggested