English

प्रशान्त महासागरमा एलियन्सको प्रविधि दुर्घटनाग्रस्त



मानिस बाहेक ब्रह्माण्डको अन्य कुनै पनि ग्रहमा जीवन खोज्ने काम दसकौँ भइसक्यो तर सफलता अझै टाढा छ । किनकि धेरै पटक एलियनको बारेमा कुरा गरिन्छ तर पूरै सत्य के हो कसैलाई थाहा छैन। यसैबीच हार्वर्ड विश्वविद्यालयका एक प्राध्यापकले प्रशान्त महासागरमा एलियन्सको प्रविधि दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् । हार्वर्ड युनिभर्सिटीको खगोल विज्ञान विभागका सबैभन्दा लामो समय अध्यक्ष रहेका प्रोफेसर एवी लोएबले यस्तो दाबी गरेका छन् ।

सन् २०१४ मा प्रशान्त महासागरमा उल्का पिण्ड खसेको थियो

उनी भन्छन् ‘सन् २०१४ मा प्रशान्त महासागरमा उल्का पिण्ड खसेको थियो ।’ जुन एलियनको प्रविधि हुन सक्छ। यो वस्तुलाई भौतिक रूपमा अध्ययन नगरी पुष्टि गर्न सम्भव छैन, त्यसैले प्रोफेसर एवी लोबले यसलाई पत्ता लगाउने योजना बनाएका छन्। जसमा एक करोडभन्दा बढी खर्च हुनेछ । प्रोफेसर एवी लोएब अमेरिकाका प्रमुख खगोल विज्ञानका प्रोफेसर हुन्।

उनी भन्छन् ‘यदि यस्तो भयो भने, पहिलो पटक एक व्यक्तिले अर्को ताराबाट आएको कुनै चीजलाई छुनेछ।’ समुद्रमा खसेको उल्का पिण्ड सौर्य मण्डल बाहिरबाट आएको तथ्याङ्कले देखाएको उनले बताए ।

यो उल्का पिण्ड कहाँबाट आयो ?

प्रोफेसर एवी लोएबले यो उल्का पिण्ड साधारण नभएको दाबी गरेका छन्, किनभने यो बाहिरबाट आएको वस्तु हो । यसको संरचनाले यो पुष्टि गर्छ। एनबीसी बोस्टन रिपोर्टले रक्षा विभागको स्पेस कमाण्ड मेमोरेन्डमले सौर्य मण्डल बाहिरबाट आउँदै गरेको उल्का पिण्डको पुष्टि गरेको छ। त्यसैले लोएबले यो एलियन टेक्नोलोजी हुन सक्ने दाबी गरिरहेका छन् । अब यसलाई प्रशान्त महासागरबाट बाहिर निकाल्ने प्रयास गर्नेछ, ताकि सत्यता पत्ता लगाउन सकियोस्।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested