English

चीनको छिङदाओमा कूटतीतिक चार्टर उडान



परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ मा चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गर्यो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार राति स्थानीय समय ११ बजे प्रस्थान गरेको थियोे र छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कोदिन बिहान स्थानीय समय ७.५५ मा अवतरण गरिएको छ ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि २६ साउन २०७९ मा स्थानीय समय अपरान्ह तीन बजे प्रस्थान गर्ने उडान मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किने र सोहि दिन अपरान्ह काठमाडौं आइपुगेका छन् ।

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।

यो पनि…
महामारी अवधिमा हिमालय एअरलाइन्सले के गर्यो ?
यसकारण हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणिकरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested