English

बलिउड फिल्मले हाल बक्सअफिसमा कमाल देखाउन सकेन



बलिउड फिल्महरूले हालका दिनमा बक्सअफिसमा खासै कमाल देखाउन सकिरहेको छैन । हालै रिलिज रणवीर कपूरको फिल्म ‘शमशेरा’ फ्लप साबित हुने अवस्थामा पुगिसकेको छ । रणवीरअघि यस्ता कैयौं स्टार छन्, जसको फिल्मले राम्रो कमाई गर्न सकेको छैन । यी स्टारलाई एक फिल्म हिट हुन आवश्यक छ, जसकारण बलिउडमा उनीहरू सुखद् कमव्याक गर्न सकून् ।

अभिनेता शाहरु खानको पछिल्ला फिल्महरू ‘हेरी मेट सेजल’ र ‘जीरो’ बक्सअफिसमा असफल सावित भयो । उनका तीन फिल्म ‘पठान’, ‘डंकी’ र ‘जवान’ दर्शकमाझ आउने तयारीमा छन् । यदी यी तीन फिल्ममध्ये कुनै एकले खासै कमाल गर्न सकेन भने अभिनेतालाई बलिउडमा कमव्याक गर्न निकै मुस्किल पर्नेछ ।

आमिर खान स्टारर तीन सय करोड बजेटको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले बक्स अफिसमा ३३५ करोड मात्र कमाई गरेको थियो । यो फिल्मको असफलता पछि उनलाई एक हिट फिल्म दिनुपर्ने दबाब बढेको थियो । अभिनेता हालका दिनमा रिलिजको तयारीमा रहेको फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । यो फिल्मको बक्सअफिस कलेक्सन कस्तो होला भन्ने आम चासो बढेको छ । यदी यो फिल्म हिट भएमा आमिरको बलिउडमा सुखद् कमव्याक हुनेछ ।

अभिनेता अक्षय कुमारको पछिल्लो दुई फिल्म ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यसपछि उनको नयाँ फिल्म ‘रक्षाबन्धन’मा अक्षयको करियर जोडिएको छ । यो फिल्म हिट हुनुपर्ने आवश्यकता अक्षयका लागि छ, किनकि केही वर्षयता बक्सअफिसमा उनको फिल्मले खासै कमाल गर्न सकेको छैन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ र ‘डघ’ बक्सअफिस करिब असफल साबित भए । उनको आगामी फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ हो । उनको करियरका लागि यो फिल्म हिट हुन आवश्यक छ ।

जोन अब्राहको पछिल्लो चार फिल्म ‘पागलपन्ती’, ‘मुम्बई सागा’, ‘सत्यमेव जयते २’ र ‘अट्याक’ले बक्सअफिसमा छाप छोड्न असफल रह्यो । उनी चाँडै ‘एक भिलेन रिटर्नस’मा देखिँदैछन् । यो फिल्मले बक्सअफिसमा कमाल देखाउन सक्छ या सक्दैन भन्ने आम चासो अहिले छ ।

याे पनि…
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested