English

साउन महिनामा अपनाउनुहोस् यी वास्तु उपाय



श्रावण महिना सुरु भएको छ । यस महिनामा मानिसहरूले शिवलाई कृपा गरी उनको आशीर्वाद लिन्छन्। शिवलाई श्रावण महिना निकै प्रिय हुने जनविश्वास छ । यस महिनामा भगवान् शिव धेरै प्रसन्न रहन्छन्। त्यसैले भक्तहरूले पनि उनलाई खुसी पार्न अनेक उपाय अपनाउँछन्। वास्तु शास्त्रका अनुसार यी केही सजिलो उपाय अपनाएर भगवान् शिवलाई प्रसन्न पार्न सकिन्छ ।

पानीको स्रोत

भगवान् शिवलाई पानी असाध्यै मन पर्छ । यस महिनामा उत्तर दिशामा जलस्रोत स्थापना गर्न सक्नुहुन्छ। यस दिशामा जलस्रोतलाई निकै शुभ मानिन्छ। यसले तपाईंको घरमा सकारात्मकता ल्याउँछ र पैसाको प्रवाह पनि बढाउँछ। यदि तपाईंले उत्तर दिशामा पानीको स्रोत राख्न सक्नुहुन्न भने पूर्व दिशामा कृत्रिम पानीको झरना राख्न सकिन्छ। वास्तु शास्त्र अनुसार, यसले तपाईंलाई महत्त्वपूर्ण निर्णयहरू लिन सजिलो बनाउँदछ।

मनी प्लान्ट

साउन वर्षाको महिना हो। यदि तपाईंले यो महिनामा मनी प्लान्ट रोप्नुभयो भने, यो पनि धेरै राम्रो हुन्छ। मनी प्लान्ट उत्तर दिशामा राख्नाले सुख र समृद्धि प्राप्त हुन्छ । घरमा मनी प्लान्ट रोप्न साउन महिना निकै राम्रो मानिन्छ । मान्यताका अनुसार मनी प्लान्ट बढ्दै जाँदा घरमा धन सम्पत्ति बढ्छ ।

भगवान् शिवको

यस महिनामा भगवान् शिवको अर्ध नारीश्वर स्वरूपको पूजा गर्नु निकै शुभ मानिन्छ । यो मूर्तिलाई पूर्व दिशामा राख्न सक्नुहुन्छ। यसबाट विशेष लाभ पनि मिल्नेछ। यसका साथै श्रीमान्–श्रीमतीबीचको प्रेम पनि बढ्छ ।

तुलसीको बोट

घरमा तुलसीको बोट सुख र सौभाग्यको सूचक हो । यदि तपाईंको घरमा तुलसीको बिरुवा छैन भने यो बिरुवा साउन महिनामा रोप्न सक्नुहुन्छ । यसले तपाईंलाई सुख र समृद्धि पनि दिनेछ। तुलसीको बोट उत्तर दिशामा लगाउनुपर्छ ।

गङ्गा जल

मान्यता अनुसार साउन महिनामा चारैतिर ऊर्जाको चहलपहल हुन्छ । यस समयमा घरमा गङ्गा जल छर्कनु धेरै शुभ मानिन्छ। यसले तपाईंको घरबाट वास्तु दोष हटाउँछ। हरेक बिहान स्नान गरेपछि घर भरी गङ्गा जल छर्कने । यसले घरबाट नकारात्मक ऊर्जा पनि हटाउँछ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested