English

हवाई जहाजमा फरक-फरक किसिमको लाइट किन बालिन्छ ?



हवाई जहाजको आविष्कार राइट ब्रदर्सले वर्ष १९०३ मा गरेका थिए ।

यससम्बन्धी केही रोचक तथ्यहरु पनि छन्, जो तपाईलाई थाहा नहुन सक्छ ।

प्रतीकात्मक तस्वीर
ट्याक्सी लाइट
हवाई जहाज में अलग-अलग तरह के लाइट्स

हवाई जहाजमा यो एउटा यस्तो लाइट हुन्छ, जो जहाजको ट्याक्सी मोड अर्थात् विमान जमीनमा गुड्ने क्रममा प्रयोगमा आउँछ । १५० भोल्ट्सको यो लाइटको सहयोगले रनवे देख्ने काम हुन्छ । हवाई जहाजलाई जब ट्याक्सी क्लेरेन्स मिल्छ, तब पाइलटले ट्याक्सी लाइट बाल्छन् । यसले रनवेमा राखिएका लाइट्स चम्किन्छन् र पाइलटले त्यसलाई देख्न सक्छ ।

टेक अफ लाइट
प्रतीकात्मक तस्वीर

हवाई जहाजमा ट्याक्सी लाइट्सका साथै टेक अफ लाइट पनि हुन्छ । ट्याक्सी लाइटको भन्दा यो लाइट धेरै चम्किन्छ । यो विमान टेक अफको समयको बालिन्छ ।

रनवे टनअफ लाइट
हवाई जहाज में अलग-अलग तरह के लाइट्स

हवाई जहाजमा ट्याक्सी लाइट र टेक अफ लाइटबाहेक एउटा फरक लाइट हुन्छ, जसको एंगल धेरै चौडा हुन्छ । यो रनवे टनअफ लाइटको सहयोगले पाइलटले रनवेलाई पूर्ण रुपमा देख्न सक्छ ।

विंग स्क्यान लाइट
प्रतीकात्मक तस्वीर

विमानको सबैभन्दा संवेदनशील भाग भनेको त्यसको पंखा हो र यसलाई सुरक्षित राख्न त्यति नै आवश्यक छ । यसै उद््देश्यले विंगमा लाइट लगाइन्छ । किनभने टेक अफको समयमा अँध्यारोमा पनि पाइलटलाई जहाजको पूर्ण आकृति स्पष्ट देख्न सहयोग मिल्छ । बादलमा उड्दा यिनै लाइटको सहयोगले पंखामा बर्फ जमेको छ कि छैन भन्ने देखिन्छ ।

एन्टी कोलिजन बीकन
हवाई जहाज में अलग-अलग तरह के लाइट्स

हवाई जहाजको यो लाइट जमीनमा सरसफाई वा रेखदेख गर्ने क्रूको लागि सहयोगी हुन्छ । चम्किलो रङको यो लाइट पहिला इन्जिन चल्न शुरु भएपछि बालिन्छ र अन्तिममा इन्जिन बन्द भएपछि निभाइन्छ । यसले ग्राउण्ड क्रूलाई अब हवाई जहाज पूर्ण रुपमा चल्न बन्द भयो भन्ने थाहा हुन्छ ।

ल्याण्डिङ लाइट
प्रतीकात्मक तस्वीर

हवाई जहाजलाई ल्याण्डिङ गराउने बेलामा आकास र रनवेलाई सफा रुपमा देख्नको लागि ल्याण्डिङ लाइटको प्रयोग गरिन्छ । सेतो रङको यो लाइटलाई लाइटिङ कम भएको रनवेमा प्रकाश बढाउनको लागि गरिन्छ । यो लाइट कहिले पंखामुनि, कहिले पंखाको बाहिरी सतहमा र कहिले अरु ठाउँमा नै लागेको हुन्छ ।

नेभिगेशन लाइट
हवाई जहाज में अलग-अलग तरह के लाइट्स

नेभिगेशनका लागि ३ वटा लाइट हुन्छन् । यो लाइटको प्रयोग उडिरहेको हवाई जहाजको दिशा निर्धारित गर्नको लागि प्रयोग गरिन्छ । पाइलटतिर राखिएको लाइट हरियो प्रकाशमा चम्किन्छ भने दोश्रोतर्फ रातो रङको र पुच्छरमा राखिएको लाइट सेतो रङको हुन्छ । यो लाइटको सहयोगले अर्को विमान चालकले कुन दिशामा जाँदैछ भन्ने थाहा पाउँछ ।

हाई इन्टेन्सिटी स्ट्रोब लाइट

यो लाइट नेभिगेशनवाला हरियो र रातो लाइटको तल हुन्छ । यो धेरै चम्किलो हुन्छ । यो लाइटको प्रयोग अझ स्पष्ट रुपमा हवाई जहाज देखाउनका लागि गरिन्छ ।

लोगो लाइट

जहाज सञ्चालन गर्ने हरेक कम्पनीको आफ्नै एउटा लोगो हुन्छ । लोगो लाइट त्यसैलाई सपष्ट रुपमा देखाउनको लागि प्रयोग गरिन्छ । यसका दुई फाइदा छन्, एउटा हेर्दै कुन कम्पनीको हो भन्ने थाहा हुन्छ भने दोश्रो ठूलो पोस्टरको जसरी कम्पनीको प्रचार हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested