English

रातमा किन गरिदैन शवको पोष्टमार्टम ?



हाम्रो दिमागमा विभिन्न किसिमका प्रश्नहरु आइ नै रहन्छन् । जसको जवाफ थाहा पाउन कहिले काँही गाह्रो पनि हुन्छ, तर असम्भव नहुन पनि सक्छ । यस्तै प्रकारको एउटा प्रश्न छ, आखिर शवको पोष्टमार्टम किन राती हुँदैन ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउदैछौँ ।

पोष्टमार्टम एक प्रकारको अप्रेशन नै हो । जसमा शवलाई शल्यक्रिया गरेर बिभिन्न परिक्षण गरिन्छ । शवको पोष्टमार्टम किन गरिन्छ भने कुनै पनि जीवको मृत्युको कारण के हो ?

पोष्टमार्टमका लागि मृतकका आफन्तको सहमति भएपछि मात्र यो हुनेगर्छ । तर केहि घटनामा प्रहरीले स्वयं नै गराउँछ, जस्तै हत्या, आत्महत्या, दुर्घटना आदी ।

मानिसको मृत्यु भएको ६ देखि १० घण्टाको अवधिमा शवको पोष्टमार्टम गर्दा घटनाको वास्तविकता स्पष्ट थाहा हुन्छ भनिन्छ । किनभने त्यो भन्दा धेरै समय राखेमा शवमा विभिन्न किसिमका प्राकृतिक परिवर्तनहरु देखिन्छन् । यो वाहेक शवको पोष्टमार्टम सूर्योदयदेखि सूर्यास्तसम्मको विचमा बढी हुने गर्छ । किनभने ट्यूबलाइट वा एलइडीको प्रकाशमा चोटको रंग रातोको स्थानमा बैजनी रंगको देखिन्छ । फोरेन्सिक साइन्समा बैजनी रंगमा देखिने चोटको कुनै ब्याख्या गरिएको छैन । प्राकृतिक र कृत्रिम प्रकाशमा चोटको रंग फरक देखिने हुनाले पोष्टमार्टमको रिपोर्टले कोर्टमा चुनौती दिन सक्छ ।

रातको समयमा पोष्टमार्टम नगर्नुको धार्मिक कारण पनि रहेको छ । राती अन्तिम संस्कार नगरिने भएकोले मृतकको पोष्टमार्टम नगरिएको बताइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested