English

कालानिमक धान संरक्षणमा जुटे किसान

शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गरेको मानिन्छ


तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा चन्द्र पाठक, अर्जुन कुर्मीले अभियान नै चलाएपछि यसको महत्व बुझेर लुम्बिनीका किसानले उक्त धान लगाउन थालेका हुन् ।

लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोपाइँ गर्दै आएको बताउनुभयो । स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै किसानले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसान राम उजागिर पाण्डेले बताए ।

यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिन्छ । फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।

राज्यले लोपोन्मुख धानको संरक्षण गरी पर्यटनसँग जोडेर काम गर्नुपर्ने पाठकको भनाइ छ । परम्परागत भएकाले अहिलेका युवा पुस्ताले कालानिमक धानलाई संरक्षण गर्ने दायित्व रहेको युवा किसान मुरलीकुमार कहारले बताउँछन् । यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिन्छ । फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।

लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ । शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गरेको मानिन्छ ।

बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनता काठको हलो लिएर कालानिमक धान रोपाइँ गर्ने गर्दथे । आजकल यो धान भने दुईचार किलो भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाउने परिकारको रुपमा लिने गरिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,