English

कालानिमक धान संरक्षणमा जुटे किसान

शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गरेको मानिन्छ


तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ ।

पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचारप्रसारमा स्थानीय युवा चन्द्र पाठक, अर्जुन कुर्मीले अभियान नै चलाएपछि यसको महत्व बुझेर लुम्बिनीका किसानले उक्त धान लगाउन थालेका हुन् ।

लुम्बिनीका सत्यदेव पाठकले आफूले जानेदेखि नै उक्त धान रोपाइँ गर्दै आएको बताउनुभयो । स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै किसानले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको थियो । कम खर्चमा बढी उत्पादन हुने हाइब्रिड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसान राम उजागिर पाण्डेले बताए ।

यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिन्छ । फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।

राज्यले लोपोन्मुख धानको संरक्षण गरी पर्यटनसँग जोडेर काम गर्नुपर्ने पाठकको भनाइ छ । परम्परागत भएकाले अहिलेका युवा पुस्ताले कालानिमक धानलाई संरक्षण गर्ने दायित्व रहेको युवा किसान मुरलीकुमार कहारले बताउँछन् । यो धानलाई पानी धेरै आवश्यक पर्ने भएकोले सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिन्छ । फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेका छन् ।

लुम्बिनीमा लगाइएको यो धानले सारस संरक्षणमा पनि योगदान दिएको छ । एक अध्ययनले यसको चामलमा पर्याप्त मात्रामा भिटामिन पाइने देखाएको छ । शाक्यवंशीय राजा शुद्धोधनले राजकीय धानको रुपमा कालानिमक धानलाई स्थापित गरेको मानिन्छ ।

बौद्ध जातक अनुसार राजा शुद्धोधन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनता काठको हलो लिएर कालानिमक धान रोपाइँ गर्ने गर्दथे । आजकल यो धान भने दुईचार किलो भए पनि घरमा राख्ने र विशेष अवसरमा पकाउने परिकारको रुपमा लिने गरिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested