English

लाखौँ वर्षसम्म ४२ अर्ब डायनोसरले गरे पृथ्वीमा राज !



आजभन्दा करोडौँ वर्ष पहिला डायनोसरले पृथ्वीमा राज गरेको थियो । यस बेला डायनोसरका विभिन्न प्रजातिहरु पृथ्वीमा पाइन्थे । यसमा केही शाकाहारी थिए भने केही मांसाहारी थिए । वैज्ञानिकको अध्ययनअनुसार लगभग ६.६ करोड वर्ष पहिला एक शहरको आकार जत्रो ठूलो एस्टेरोयड पृथ्वीसँग ठोकिएको थियो ।

डायनासोर

यो यति ठूलो र भयानक थियो कि, यसका कारण डायनोसरका साथसाथै पृथ्वीमा ७५ प्रतिशत जमीन विलुप्त भयो । यो क्रममा एक अध्ययनले अनौठो खुलासा गरेको छ । अध्ययनका अनुसार लाखौँ वर्ष पहिला पृथ्वीमा ४२ अर्ब डायनोसरको राज थियो । यो अध्ययन बर्कलेमा क्यालिफोर्नियाका वैज्ञानिकले गरेका थिए । उनीहरुबाट टायर्यानोसोरस (टी रेक्स) नामक डायनोसरको प्रजातिको आकार, उर्जा आवश्यक्ता र लैंगिक परिपक्वताको आधारमा अध्ययन गरिएको हो ।

डायनासोर

डाइनोसर करिब १ लाख २७ हजार पिढीसम्म जीवित रहेका थिए । यसको आधारमा उनीहरुले पृथ्वीमा यसको कुल संख्या १४ करोडदेखि ४२ अर्बको बीचमा रहेको बताएका छन् । औसतमा मान्ने हो भने यो संख्या २.५ अर्ब थियो । यस अध्ययनका प्रमुख चार्ल्स मार्सलले अध्ययनको यो अनुमान आउने शोधका लागि महत्वपूर्ण हुने बताएका छन् । उनका अनुसार त्यो बेला डायनोसरका मजबुत मुख र दाँतहरु थिए । चार्ल्स मार्शल यूनिभर्सिटी अफ क्यालिफोर्निया म्यूजियम अफ पेलियोन्टोलोजीका निर्देशक हुन् ।

डायनासोर

मार्शलको अध्ययनका अनुसार डायनोसरको यो जनसंख्या उत्तरी अमेरिकामा धेरै थियो । उनको टीमले डायनोसरको जनसंख्या पत्ता लगाउनको लागि जीव विज्ञानको उपयोग गरेका थिए । यो नियमका अनुसार जनावर जति ठूलो हुन्छ, त्यसको जनसंख्या त्यति नै कम हुने विश्वास गरिन्छ । यसको निष्कर्ष उनीहरुले साइन्स जर्नलमा प्रकाशित गरेका छन् । यो रिसर्चमा यो पनि पत्ता लागेको छ कि, टी रेक्स १४ बाट १७ को उमेरको बीचमा डायनोसर लैंगिक परिपक्व हुने गरेको पनि पत्ता लागेको छ ।

डायनासोर

यो प्रजातिको डायनोसरको अधिकतम आयु २८ वर्ष थियो । चार्ल मार्शलले यो पनि भनेका छन् कि, विभिन्न क्षेत्रबाट टी रेक्सका १०० जीवाश्मलाई अहिलेसम्म खोजिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested