English

फिल्म ‘शमशेरा’बाट कमव्याक गर्दै रणवीर कपुर



करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दैछन् ।

यसबाहेक उनका चार फिल्म फ्लोरमा छन् । हालैमात्र उनले फिल्म ‘शमशेरा’को बारेमा खुलेर कुरा गरेका छन् । जब मलाई यो फिल्मको प्रस्ताव आयो, मैले विश्वास गर्न सकिनँ । किनकी स्क्रिनमा म रोमान्टिक हिरोको रुपमा दर्शकमाझ चिनिएको छु । यसको कथा मनपर्‍यो, यसमा दुई भूमिका थिए । मलाई बलीको भूमिकाको अफर गरिएको थियो । शेरा कोही अर्को अभिनेताले अभिनय गर्ने कुरा थियो । मभित्र स्वार्थी कलाकार थियो, जसकारण मैले शेराको भूमिका पनि म नै गर्छु भनें । एक बाबु र छोराको चरित्रलाई म राम्रोसँग प्रस्तुत गर्न सक्छु, रणवीरले भनेका छन् ।

रणवीरले ‘शमशेरा’का लागि निकै लुक टेस्ट दिनुपरेको थियो । यो चरित्र शारीरिक रुपमा पनि चुनौतीपूर्ण रहेकाले उनले निकै मेहनत गरेका थिए । रणवीर आफ्नो १५ वर्षे करियरमा पहिलोपटक कुनै पीरियड एक्सन फिल्मको हिस्सा बन्दैछन् र पहिलोपटक नै दोहोरो भूमिकामा देखिँदैछन् ।

म घर गएर २० पटकसम्म नुहाँउथे। तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्वीमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ ।

यो फिल्मको सुटिङको किस्सा आफैंमा रोचक छ । जुन किस्सा स्वयं रणवीरले सुनाएका छन् । ‘म जहिल्यै १० देखि १५ किलोको धुलो सेटमा राख्थें र सुटिङ सुरु हुनासाथ पंखाको अगाडि धुलो उडाउँथे । त्यो धुलो मेरो आँखा र कानमा जान्थ्यो । म संवाद बोल्न सक्दिन थिएँ । यसबाट छुट्कारा पाउन म घर गएर २० पटकसम्म नुहाँउथे। तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्वीमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ’, उनले भनेका छन् ।

यो पनि…
बलिउडका यी कलाकार खानेकुराको सौखिन
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested