English

ज्योती गुरुङको ‘मेरो ड्याडी’मा सुनिता र सुप्रिमको स्वर (भिडियो पनि)



गीतकार ज्योती गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आज (शुक्रबार) जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ । गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् ।

भिडियो :

याे पनि…
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested