English

संगीतको त्यो सुमधुर साँझ



ललितपुरस्थित सेन्टमेरिज स्कूलको हलमा शनिबार धेरै पछि दर्शकहरुले ‘लाइभ कन्सर्ट’ को अनुभव लिने मौका पाए । संगीतको यो अभूतपूर्व मौका प्रदान गरेकी थिइन, ‘सिङिङ नन’ अर्थात विश्वविख्यात गायिका आनी छोइङ डोल्मा र अन्य कलाकारहरुले ।

उक्त संगीत सन्ध्यालाई ‘हिल द अर्थ : अ म्युजिकल इभनिङ विथ आनी छोइङ डोल्मा’ नाम दिइएको थियो । कार्यक्रम दुई घण्टा निरन्तर चलेको थियो ।

उक्त सांगीतिक कार्यक्रममा आनीले आफ्नो सुमधुर आवाजले विभिन्न आध्यात्मिक गितहरुको साथसाथै प्रख्यात गायक माइकल ज्याक्सनको वातावरण सम्बन्धि ‘हिल द वल्र्ड’ अंग्रेजी गीत पनि प्रस्तुत गरेर स्रोतालाई मोहित बनाएकी थिइन ।

संगीतको यो माहोल त्यतिबेला अझै मिठासपूर्ण बन्यो जतिबेला पश्चिम बंगाल,कोलकत्ताबाट हालसालै नेपालकी बुहारी बनेकि लाबोनी चक्रवोर्तीले पनि आफ्नो गायनकला प्रस्तुत गरिन ।

आनी र लाबोनीको स्वरलाई बलियो साथदिन बाँसुरीमा थिए,मनोज सिंह नेवा । नेपालबाट अमेरिकाको विख्यात ग्रामी अवार्डमा मनोनित मनोजको बाँसुरीको धुन लाजवाफ सुनिन्थ्यो ।

ड्रममा संजय श्रेष्ठ,गितारमा गोपाल रसाइली र कि–बोर्डमा प्रज्वल लामाले संगीतको यो शनिवारिय साँझलाई अविस्मरणिय बनाइदिएका थिए ।

कार्यक्रमा मदनकृष्ण श्रेष्ठ,उपेन्द्र महतो, धुलिखेलका मेयर असोक ब्यान्जु,तुलसी घिमिरे, कनकमणि दिक्षित,रबिन्द्र पुरी लगायतहरु पनि उपस्थित थिए ।

वातावरणिय सचेतना अभिवृद्धि गर्ने उदेश्य राखेर आयोजना गरिएको यो कार्यक्रमबाट संकलन भएको रकम साँखुस्थित सुषमा कोइराला मेमोरिअल ट्रष्टद्वारा संचालित अस्पतालका बिरामीहरुको उपचारमा खर्च गरिने बताइएको छ ।

शब्द/तस्विर : बिकास रौनियार

यो पनि…
सत्मार्गका लागि सपथ, पारदर्शिताका लागि प्रत्यक्ष प्रसारण (फोटोकथा)
भण्डारखाल बगैंचामा संगीतको स्वाद (फोटो कथा)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested