English

नेपाली थाङ्का ९९ प्रतिशत विश्व बजारमा



विश्व बजारमा नेपाली थाङ्काको सबैभन्दा बढी माग छ । यसले विश्व बजारलाई ९९ प्रतिशत ओगटेको छ । थाङ्का चीन र भुटानमा लेखिन्थ्यो तर अहिले नेपालमा मात्र लेखिने भएकाले यसको माग विश्व बजारमा बढी छ । थाङ्काको निर्यातबाट नेपाललाई वर्षेनी तीन अर्बको हाराहारीमा आम्दानी हुन्छ ।

थाङ्कालाई नेपालले ब्राण्डिङ गर्न नसके पनि विश्वमा थाङ्का नेपालमा मात्रै पाइने बुझाई छ । थाङ्काको सबैभन्दा ठूलो बजार चीन हो । त्यसपछि जर्मन, स्वीटजरल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत इस्लामिक राष्ट्रबाहेक सबै राष्ट्रमा थाङ्काको माग छ ।

अन्य राष्ट्रमा थाङ्का चित्र नलेखिएपछि विश्व बजारमा नेपालबाट थाङ्काको माग बढेको हो । तर सरकारले यस कलालाई व्यवस्थित गर्न नसकेकोले अबको २० वर्षपछि विश्व बजारमा चीनको थाङ्का निर्यात हुने सम्भावना छ । चीनमा थाङ्का चित्रमा ठूलो लगानी गरेर व्यवस्थित रूपले यसलाई अगाडि बढाइएको छ ।

थाङ्कालाई नेपालले ब्राण्डिङ गर्न नसके पनि विश्वमा थाङ्का नेपालमा मात्रै पाइने बुझाई छ । थाङ्काको सबैभन्दा ठूलो बजार चीन हो ।

नेपालमा थाङ्का चित्र बनाउने सबैभन्दा बढी तामाङ् समुदाय हो । त्यसपछि शेर्पा र डोल्पो समुदाय छ । यी समुदायबाहेक अरुले यो चित्र बनाउँदैनन् । सरकारी निकायबाट पनि यसलाई संरक्षण गरेको देखिदैन ।

थाङ्काको प्रयोग

बौद्धिष्टहरूले थाङ्कालाई पूजापाठ गर्नका लागि प्रयोग गर्छन् । विश्वमा जति पनि बुद्ध धर्म मान्नेहरू छन्, सबैसंग बुद्धका तीन वटा थाङ्का वा मूर्ति अनिवार्य हुनुपर्छ । जसलाई बौद्धिष्टहरूले धर्मकय, निर्माणकय र सम्भावकय गरी तीन वटा देवता मान्दछन् । पश्चिमी मुलुकमा थाङ्कालाई सजावट, लगानी, भिजियोल एजुकेशन, सेपरेट वा गुहे ध्यान (गुरुले दिएको कुरालाई आफूले मात्र हेर्ने र छोप्ने) का लागि थाङ्का प्रयोग गरिन्छ ।

थाङ्का र पौभामा फरक

पौभा नेवार समुदायको मौलिक हस्तकलालाई बुझिन्छ । नेपालको मौलिक पौभा तिब्बत निर्यात भएपछि पुनः सोही पौभा नेपालमा थोरै नयाँपन भएर आयो, जसलाई थाङ्का भनेर चिनियो । हाल आएर थाङ्का ब्राण्डिङ् भए पनि नेपालमा मौलिक थाङ्का बनाउने व्यक्तिहरू लोप हुने स्थितिमा छन् । थाङ्का तिब्बतियन र नेवार समुदायमा चर्चित छ । यसको शाब्दिक अर्थ केलाउँदा ‘थाङ्’ भन्नाले रेकर्ड र ‘का’ भन्नले अल्फाबेट लेटर बुझिन्छ ।

पौभा नेवार समुदायको मौलिक हस्तकलालाई बुझिन्छ । नेपालको मौलिक पौभा तिब्बत निर्यात भएपछि पुनः सोही पौभा नेपालमा थोरै नयाँपन भएर आयो, जसलाई थाङ्का भनेर चिनियो ।

कसरी सुरु भयो थाङ्का लेखन ?

थाङ्काको उत्पति अफगनिस्तानको काश्मिरमा सुरु भएको हो । यो पहिला बुद्धिष्ट राष्ट्र थियो । त्यो समयमा ब्राह्मणले मात्र पढ्न पाउँथे । बुद्ध जातले ब्राह्मण नभए पनि सबैले पढ्न पाउनुपर्छ र धर्म सिक्न पाउनुपर्छ भनेका थिए । त्यसपछि नयाँ दर्शन र नयाँ बुद्धिजम अगाडी आयो, त्यो बेला कसैले पढेका थिएनन् । ब्राह्मण समुदायले लेखेका कुरा पढ्नका लागि भिजोलाइज गरी चित्रमा उतारियो । यसरी तेस्रो शताब्दीदेखि कलाको विकास भइसकेपछि सबै कुरा लिखित रूपमा थिए । त्यही लिखित कुराहरूलाई चित्रमा उतार्न थालियो । ब्राह्मण समुदायको लिखित कुरालाई भिजोलइज गरेर बुद्धिष्टहरूले पनि शिक्षा लिन थाले, जसलाई भिजियोल एजुकेशन भनियो ।

यसरी थाङ्काको माध्यमबाट तन्त्र, विज्ञान र दर्शन पढ्न थलियो । सुरुमा चित्र कोर्न रुखका बोक्रा र पातहरू प्रयोग गरियो । नवौं शताब्दीमा सुति र सिल्कको कपडामा चित्रहरू कोर्न सुरु गरियो । पछि कागजको विकास भएपछि कलाकाररूले कागजमा चित्र बनाउन सुरु गरे । रङहरूको विकास भइसकेपछि चित्रहरूमा रङ भर्न थलियो ।

सबैभन्दा पुरानो चित्रहरू भित्तामा कोरिएको पाइन्छ, जसलाई न्युरोल आर्ट भनेर बुझिन्छ, यो दोस्रो शताब्दीमा सुरु गरिएको थियो । पाँचौँ शताब्दीमा मकाउमा भित्तामा लेखिएका चित्रहरू कपडामा बनाएर व्यक्तिगत रूपमा घरमा राख्न सुरु गरियो । तेह्रौँ शताब्दीमा नै नेपाल र तिब्बतमा थाङ्काको एकदमै राम्रो विकास भएको हो ।

थाङ्का बनाउन लाग्ने समय

थाङ्का बनाउन बिषयबस्तुमा भर पर्छ । कुनै महिना दिन लाग्छ भने कुनै वर्ष दिन लाग्न सक्छ । थाङ्कामा बुद्धिस्ट दर्शन, तन्त्र, ज्ञान, ज्योतिष शास्त्र, औषधि र ऐतिहासिक लगायतका विषयवस्तु उल्लेख गरिएको हुन्छ । त्यसकारण थाङ्का बनाउन लाग्ने समयको कुनै सिमा नै हुँदैन ।

थाङ्का बनाउन बिषयबस्तुमा भर पर्छ । कुनै महिना दिन लाग्छ भने कुुनै वर्ष दिन लाग्न सक्छ ।

थाङ्काका प्रकार

विषयवस्तुअनुसार थाङ्का धेरै प्रकारका हुन्छन् तर हालसम्म पाँच वटा थाङ्काको पहिचान गरिएको छ ।

तान्त्रिक थाङ्का

ध्यान वा तपस्या गर्नलाई प्रयोग गरिने थाङ्कालाई तान्त्रिक थाङ्का भनिन्छ ।

दर्शन थाङ्का

मान्छेहरूमा भक्ति वा दर्शन जगाउनका लागि बनाइने थाङ्कालाई दर्शनसम्बन्धि थाङ्का भनिन्छ ।

औषधि विज्ञान थाङ्का

औषधि विज्ञानका लागि हिमाली क्षेत्रमा प्रयोग हुने जडीबुटीसम्बन्धि ज्ञान दिनेलाई औषधि विज्ञान थाङ्का भनिन्छ ।

ज्योतिष थाङ्का

ज्योतिषसम्बन्धि ज्ञान दिने थाङ्कालाई ज्योतिष थाङ्का भनिन्छ ।

ऐतिहासिक थाङ्का

इतिहाससम्बन्धि ज्ञान दिने थाङ्कालाई ऐतिहासिक थाङ्का भनिन्छ ।

(वरिष्ठ थाङ्का लेखक कार्साङ लामासँगको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested