English

काठमाडौंमा बंगलादेशी फेसन शो



काठमाडौंको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरु र्याम्पमाथि देख्न पाइयो ।

सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, सर्टस्, पन्जाबी स्टाइल, टिसर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमुनाहरू मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएका थिए ।

फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौंस्थित बंगलादेशी दूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरूको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।

बंगलादेश फेसन शोअन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरूमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरू थिए भने केही भने रेडी टू वेयर शैलीहरू थिए । आठ युवती तथा चार युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगारिका केसीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नेपालका लागि बंगालादेशी राजदूत सलाउद्दीन नोमान चौधरीलगायत बंगालादेशी दूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रितहरूको विशेष उपस्थिति थियो ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested