English

विक्रमको कमाई केमा खर्च गर्दैछन् कमल हासन ?



दक्षिण भारतीय सुपरस्टर कमल हासनले आफूमा अझै पनि अभिनयको क्षमता कायमै छ भन्ने कुरा हालै रिलिज फिल्म ‘विक्रम’को सफलताबाट प्रमाणित गरिसकेका छन् । लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ ।

कमल फिल्मको सफलताले खुशी छन् । उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गरेका हुन् । फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ । यही विषयमा उनले मुख खोलेका छन् ।

‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु । यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन । अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन । मलाई कुनै विशेष उपनाम पनि चाहिएन । मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन् ।

फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’को सिक्वेल हो । यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए । यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन् । फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested