English

जहाँका सबै मानिस जमीन भित्र बस्छन्, कारण यस्तो रोचक !



भोटाहिटीमा रहेको अण्डरग्रउण्डको पसल त तपाईले देख्नुभएको नै छ । त्यहाँ धेरै पसलहरु रहेका छन् । त्यहाँ सडकमुनि मात्र दिउँसो नै पसल राखिन्छ । तर संसारमा यस्तो पनि स्थान छ, जहाँका सबै मानिस जमीन मुनि बस्दछन् । यो गाउँको नाम कूबर पेडी रहेको छ । र यो दक्षिण अष्ट्रेलियामा छ ।

कूबर पेडी ओपल माइन्स

त्यहाँका सबै मानिस जमीन भित्र बनाइएका घरमा बस्छन् । बाहिरबाट हेर्दा यी घर साधारण लाग्छन् तर त्यहाँका सुखसुविधा जे चाह्यो त्यहि छ । कूबर पेडी क्षेत्रमा ओपलका केही धेरै खानी छन् । ओपलको खानीमै उनीहरु बस्छन् ।

कूबर पेडी गांव, ऑस्ट्रेलिया

तपाईलाई लाग्यो होला यो ओपल के हो ? ओपल एक दुध रङको बहुमूल्य पत्थर हो । कुबर पेडीलाई विश्वमा संसारको ओपल राजधानीको रुपमा पनि चिनिन्छ । किनभने यो क्षेत्रमा संसारकै सबैभन्दा धेरै ओपल खानी छ । मिडिया रिपोर्ट्सका अनुसार कुबर पेडीमा माइनिङको काम १९१५ मा शुरु भएको थियो । त्यो एक मरुभूमि इलाका हो ।

कूबर पेडी गांव, ऑस्ट्रेलिया

जसका कारण त्यहाँ धेरै गर्मी हुन्छ । त्यस्तै जाडोमा धेरै जाडो हुन्छ । जसका कारण त्यहाँ बस्ने मानिसलाई धेरै गाह्रो हुन्छ । त्यसैले मानिसहरु जमीन मुनि नै बस्छन् । अहिले त्यहाँ १५ सय भन्दा धेरै घरहरु रहेका छन् । जमीन मुनि बनेका यी घरमा धेरै सुखसुविधा छ । यो क्षेत्रमा केही हलिउड फिल्म पनि शूटिङ भएका थिए ।

कूबर पेडी गांव, ऑस्ट्रेलिया

वर्ष २००० मा फिल्म पिच ब्ल्याकको शूटिङ प्रोडक्शनले फिल्ममा प्रयोग गरेको स्पेसशिप त्यहिँ छोडेको थियो । जो अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

कूबर पेडी गांव, ऑस्ट्रेलिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested