English

प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि…



पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर्यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे ।

बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ भन्ने कसैलाई थाहा भएन ।

आक्रोशित गाउँलेले बत्ति नआउने समयलाई ध्यान दिन थाले । साँझ परेपछि सधै बत्ति जाने गरेको उनीहरू निष्कर्षमा पुगे । एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाहरूले गाउँको गस्ती नै गरे ।

गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे, जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे । ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घन्टा विद्युत कटौती गरेका थिए ।

आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए । सौभाग्य उनको कथाले सुखद अन्त्य हुन्छ । गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीहरूलाई विवाह गर्न अनुमति दिएका थिए ।

यो पनि…
विवाह मण्डपबाटै दुलहा पक्राउ !
यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested