English

बक्स अफिसमा कमजोर बन्दै महेश बाबुको फिल्म



यतिबेला चर्चामा छन् दक्षिण भारतीय अभिनेता महेश बाबु। उनले ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्दै दिएको अभिव्यक्तिका कारण चर्चासँगै आलोचना खेपिरहेका छन्।

उनै अभिनेता महेश बाबुको फिल्म ‘सरकारु वारी पाटा’ गत साता बिहीबारदेखि प्रदर्शन भइरहेको छ। फिल्मले ४७ करोड ४ लाख भारतीय रुपैयाँमा शानदार ओपनिङ गरेको थियो। तर, दोस्रो दिन फिल्मको कमाइमा भारी गिरावट आएको थियो। फिल्मले दोस्रो दिनमा १७ करोड २० लाख भारु कमाएको छ।

शनिबार भने फिल्मको व्यापारमा केही सुधार आएको थियो। फिल्मले तेस्रो दिन १९ करोड २० लाख भारु कमाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले चैथो दिन २० करोड बढी कमाएको अनुमान छ। यसलाई आधार मान्ने हो भने फिल्मले आइतबारसम्म बक्स अफिसमा एक सय चार करोड २० लाख भारु जम्मा गरेको छ।

फिल्मले कमजोर व्यापार गरेसँगै यसको फाइदा ‘केजिएफ २’ लाई हुने देखिन्छ। यो फिल्मले प्रदर्शनको ३२ औँ दिनमा समेत राम्रो व्यापार गरिरहेको छ।

‘केजिएफ २’ ले दिनमा ४ करोडभन्दा बढी व्यापार गरिरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा आठ सय ४० करोड ७२ लाख भारु कमाएको छ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested