English

के आमा बन्दै छिन् कट्रीना ?



बलिउड अभिनेत्री कट्रीना कैफ आमा बन्न लागेको चर्चा छ।

केही दिन अगाडि उनी कुर्था सुरुवाल लगाएर मुम्बई एयरपोर्टमा पुगेकी थिइन्। उक्त तस्बिर बाहिरिएसँगै कट्रीना गर्भवती भएको चर्चा चलेको हो।
केही भारतीय सञ्चार माध्यमले उनी दुई महिनादेखि गर्भवती भएको दाबी समेत गरेका छन्।

भारतीय सञ्चार माध्यम इटाइम्ससँग कुराकानी गर्दै कट्रीनाको पिआर टोलीले उनी गर्भवती नभएको खुलासा गरेका छन्।

‘यस्तो समाचार कहाँबाट आउँछ, थाहा छैन। अहिले कट्रीना आफ्नो फिल्मी करियरमा ध्यान दिइरहेकी छन्,’ कट्रीनाको पिआर टोलीले भने।

कट्रीना र अभिनेता विक्की कौशलले ६ महिना अगाडि विवाह गरेका थिए। तर गर्भवतीबारे कट्रीना र विक्की दुवैले केही बताएका छैनन्। उनीहरु यतिबेला न्यूयोर्कमा छन्।

कट्रीना सलमान खानको फिल्म ‘टाइगर ३’ को छायांकनमा व्यस्त छिन्। यो फिल्मपछि उनी फिल्म ‘जी ले जरा’, ‘मेरी क्रिसमस’ र ‘फोन भूत’ मा देखिनेछिन्।

त्यस्तै विक्की कौशल फिल्म ‘सैम बहादुर’, ‘गोविन्दा नाम मेरा’ र ‘द इमोर्टल अश्वाथामा’ मा देखिनेछन्।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested