English

उमेशले जिते १६औं धर्मश्रीको खिताव



झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् ।

एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन् ।

जीतसँगै राईले नगद १० लाख प्राप्त गरेका छन् । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारे ।

तृतीय स्थानमा मसल्स एण्ड फिटनेश तर्फ नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी रहे । उनले नगद २ लाख प्राप्त गरे ।

नेपालमा ब्यायामको क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।

यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

शनिबार ढिलो गरि सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

त्यही क्रममा चौथो स्थानमा बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य रहे । ७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे ।

पाँचौ स्थानमा प्लानेट फिटनेश इटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहे । ६० केजी तौलका उनले नगद ९० हजार प्राप्त गरे ।

यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई सम्माननिय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गरेका थिए ।

तौल समूह अन्तर्गत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाबजारका उमेश डङ्गोल दोश्रो र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेश्रो भए ।

६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोश्रो र रत्नश्री, पोखराका सुरेश लामा तेश्रो भए । ६५ केजीमा आयोजकका आशिष देवाजु दोश्रो र यारो फिटनेश, मोरङ्गका मोनोज सुवेदी तेश्रो भए ।

७० केजीमा द वर्कआउट स्टेशन, नयाँबजारका अशोक महर्जन दोश्रो र रुपन्देही फिटनेश टाईमभका कृष्ण प्रसाद श्रेष्ठ तेश्रो भए । ७५ केजी तौलमा बिलिजेण्ड शेप फिटनेश, खुसिबुका प्रवेश श्रेष्ठ दोश्रो र आयोजकका आदित्य ठाकुर तेश्रो भए ।

८० केजीमा प्याराडईज फिटनेश सेन्टर, कलंकीका बिवेक सिंह धामी दोश्रो र प्लाटिनियम फिजिक फिटनेश, बानेश्वरका हरि थापा तेश्रो भए । ८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोश्रो र गोर्खाली फिटनेश, न्यूरोडका अरुण कुमार प्रधान तेश्रो भए ।

दोश्रो हुने खेलाडीले नगद ४० हजार र तेश्रो हुने खेलाडीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested