English

‘द ब्याटम्यान’को सिक्वेलमा रोबर्ट प्याटिन्सन नै दोहोरिए



हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेल बन्ने भएको छ । प्रदर्शकहरुको व्यापार मेला मानिने सिनेमांकन समारोहमा निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिक्वेल घोषणा गरेका हुन् ।

रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने भएका छन् । निर्देशक म्याट रिभ्सले आफूले नै सिक्वेलको लेखन र निर्देशन गर्ने घोषणा गरे ।

तीन घण्टा लामो सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ले उत्तर अमेरिकी बक्स अफिसमा १३४ मिलियन डलर कमाइ गरेको थियो । नेपालमा फिल्मले एक करोडभन्दा बढी ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

नेपालमा समेत झण्डै एक महिना चलेको यो फिल्मले विस्तारै पिकअप लिएको थियो । टिकट बिक्रीको आधारमा फिल्मले उत्तर अमेरिकाको बक्स अफिसमा पहिलो सप्ताहन्तमा बलियो ओपनिङ गरेको थियो ।

कोरोना महामारीकालमा ‘स्पाइडरम्यान : नो वे होम’पछि एउटै सप्ताहन्तमा १०० मिलियन डलरको आँकडा पार गर्ने दोस्रो फिल्म पनि ‘द ब्याटम्यान’ बनेको छ । ७५९ मिलियन डलरसहित ‘द ब्याटम्यान’ हलिउडमा यस वर्षकै सर्वाधिक ग्रसर कलेक्सन गर्ने फिल्म समेत बनेको छ ।

यो पनि
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested