English

‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै



साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा रेकर्डतोड सफलता हासिल गरेपछि साउथका कयौं फिल्मलाई एकपटक सोच्न बाध्य बनाएको छ । यो फिल्मको सफलताबाट प्रभावित भएर अभिनेता प्रभासको फिल्म ‘सालार’मा आवश्यक परिवर्तन गरिएको छ भने यसको असर अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा : द राइज’को दोस्रो भागमा पनि देखिएको छ ।

अर्को वर्ष रिलिज गर्ने गरी ‘पुष्पा २’को तीव्र गतिमा काम भइरहेको थियो । तर, अब निर्देशक सुकुमारले फिल्मको स्पीडमा ब्रेक लगाएका छन् । ‘केजीएफ २’को सफलतापछि उनी फिल्मलाई ठूलो स्केलमा बनाउन जुटेका छन् । पहिलो पार्टको एक्सनभन्दा दोस्रो पार्टको एक्सन सिनमा ठूलो परिवर्तन गर्ने उनको तयारी छ । पहिला तयार पारिएको स्क्रिप्टमा पनि केही परिवर्तन गरिनेछ ।

सुकुमारले ‘पुष्पा २’ पहिला प्लान गरिएको स्केलभन्दा वृहत् निस्कियोस् भन्ने चाहेका छन् । यसैले उनले फिल्मको छायांकन समेत पछाडि धकलेका छन् । यो दौरानमा निर्देशक सुकुमारले अल्लू अर्जुनलाई नयाँ फिल्ममा काम गर्न अनुमति दिएको बताइएको छ । ‘पुष्पा’ले विश्वभर आक्रामक कमाई गरेको थियो । फिल्मले अल्लू अर्जुन र रश्मिका मन्दानाको स्टारडम उत्कर्षमा पुर्‍याएको छ ।

यो पनि…
मुडुली केकीसँग पुष्प
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested