English

‘नाइँ नभन्नु ल ६’मा आँचल



विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर शुरु गरेकी थिइन् ।

‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिँदै आएका बालकलाकार अनुभव रेग्मी भने यो फिल्ममा अटाउने छैनन् । उमेर बढेका कारण फिल्ममा उनको भूमिका नरहने आचार्यले बताए ।

केही दिनमै पत्रकार सम्मेलन गरेर ‘नाइँ नभन्नु ल ६’का विषयमा औपचारिक जानकारी दिइने बताइएको छ । फिल्मको छायांकन भदौको दोस्रो साताबाट शुरु गरिने पनि निर्देशक आचार्यले बताए ।

यो पनि…
मुडुली केकीसँग पुष्प
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested