English

युक्रेनमा दोस्रो चरणको युद्ध शुरु



रुसी सेनाले पूर्वी युक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरूवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन् ।

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणकाे युद्ध सुरु भएको बताएका छन् । पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन् । यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए ।

‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने । युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए ।

रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो । ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन् ।

यो पनि

हामीलाई माया चाहिन्छ, मिसाइल होइन
युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested