English

युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो



रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरूमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरूलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरुलाई दबाब दिएको छ ।
रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरु मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।

शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।

देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रो शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रुसको स्थानीय  समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन । 

यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?

रूसविरोधी देशहरूलाई पुटिनले किन दिए चेतावनी ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested