English

केजीएफ–२ ले रच्यो नयाँ इतिहास, कति कमायो ?



यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गरेको छ । जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब १०० करोडको बजेटमा बनेको यस फिल्मको कुल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ ।

योसँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशतभन्दा बढी कमाएको छ । यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ-२ ले उद्घाटन दिनमा नै ५३.९५ करोड रुपैयाँ सङ्कलन गरेको बताए।

फिल्मलाई ऐतिहासिक भएको भन्दै मनोबालाले केजीएफ–२ भारतको पहिलो फिल्म हो जसले बलिउड फिल्मलाई पनि पछाडि छोडेको बताए । यसअघि ऋतिक रोशनको वारले ५१ करोड र राजामौलीको फिल्म आरआरआरले २० करोड कमाएको थियो ।

केजीएफ–२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ। मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले जम्मा ४४०० स्क्रिन पाएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।

यो पनि

‘केजीएफ २’ले हिन्दी भर्सनमै कमायो दुई दिनमा सय करोड
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested