English

यस्तो छ मुखमा अमिलो पानी आउनुको कारण



बिना कारण डकार र मुखमा पानी आउनु शरीरमा खराबी हुनु हो । यो एक अम्लीय पदार्थ हो, जसको कारण तपाईंको मुखको स्वाद धेरै खराब हुन्छ ।

पाचन शक्ति ठीक नभएमा अमिलो डकार वा अमिलो बान्ता जस्ता समस्या हुन थाल्छ । यसको कारण धेरै तातो खाना, अमिलो चिजको अत्यधिक सेवन, जङ्क फुडको सेवन, समयमै नखाने र मसालेदार खाना हुन सक्छ ।

यो समस्यालाई हाइपर एसीडीटी भनिन्छ । अत्यधिक एसीडीटीको समस्या भएमा अमिलो डकार र बान्ता हुनुका साथै शरीर भारी हुने, वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने, टाउको दुख्ने, आँखामा जलन हुने जस्ता लक्षण देखिन सक्छन् । हाइपर एसीडीटीबाट छुट्कारा पाउने घरेलु उपाय यस प्रकार छन् :

हाइपर एसीडीटीको कारण

समयमै खाना नखानेमा अमिलो बान्ता वा एसीडीटीको समस्या बढी हुन्छ । यसबाहेक जसको पाचन शक्ति कमजोर हुन्छ, उनीहरूलाई पनि यस्तो समस्या हुने सम्भावना बढी हुन्छ । यसबाहेक अमिलो खानेकुरा, जङ्क फुड, अमिलो चीजको सेवन, अत्यधिक तातो खानेकुराका कारण पनि अमिलो बान्ता हुने समस्या पनि हुन सक्छ ।

हाइपर एसिडिटीबाट छुटकारा पाउने घरेलु उपाय

अमिलो बान्ता वा हाइपर एसिडिटीबाट तत्काल राहत पाउन बेकिङ सोडा पानी प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई हाइपर एसीडीटीबाट तुरुन्तै राहत दिन सक्छ । यसबाहेक अरू धेरै उपायहरू पनि अपनाउन सकिन्छ ।

सौंफ र चिनी

अमिलो बान्ता भएमा सौँफ र चिनी खानुहोस् । सौंफ र चिनीले तपार्ईंको पाचन शक्तिलाई बलियो बनाउँछ । यसले पाचनमा आराम दिन्छ । यसले पेटमा हुने ग्यास र अपच हटाउन पनि प्रभावकारी हुन्छ । यदि, तपाईं हाइपर एसीडीटीबाट ग्रसित हुनुहुन्छ भने सौंफ र चिनीको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ ।

दही

बारम्बार अमिलो बान्ता वा अमिलो डकार आइरहेको छ भने यस्तो अवस्थामा दही खानु फाइदाजनक छ । दहीको सेवनले पेटलाई शीतलता प्रदान गर्छ । यसका साथै अमिलो बान्ता र डकार आउने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

कागती पानी

गर्मीमा धेरैलाई यस्तो समस्या हुन सक्छ । यस्तो अवस्थामा कागती पानी सेवन गर्न सकिन्छ । कागती पानीको सेवनले पाचन शक्तिलाई बलियो बनाउँछ । साथै, ग्यास र एसिडिटीबाट पनि राहत पाउन सकिन्छ । कालो नुन मिसाएर कागती पानी पिउनुभयो भने, बढी लाभदायक हुन सक्छ ।

बिरेनुन

हाइपर एसिडिटीबाट पीडित हुनुहुन्छ भने बिरेनुन तपाईंको लागि फाइदाजनक हुन्छ । बिरेनुन सेवन गर्नाले ग्यास, एसीडीटी र अपचबाट आराम मिल्छ । यसले एसीडीटीबाट छुट्कारा पाउन सकिन्छ ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested