English

आधा कुकुर, आधा बाघ जस्तो देखिने जनावर फेला



संसारमा जीवजन्तुका विभिन्न प्रजाती छन् । तर यसमा केही प्रजाति यस्ता पनि छन्, जो लगभग विलुप्त भइसकेका छन् । यस्तै प्रकारको एउटा प्रजाति छ, तस्मानिया टाइगर । यो जनावर आधा कुकुर र आधा बाघ जस्तो देखिन्छ । तर यो प्रजाति करिव ८५ वर्ष पहिला विलुप्त भएको मानिन्छ ।

तस्मानिया टाइगर

यो जीव अचानक अहिले अष्ट्रेलियाको तस्मानियामा फेला परेको हो । तस्मानियामा पहिला यो जनावर धेरै पाइन्थ्यो तर समयको साथसाथै विलुप्त हुँदै गयो । १९३६ मा यसलाई विलुप्त घोषित गरियो । तर अहिले अष्ट्रेलियाको थाइलासीन ग्रुपका प्रेसिडेन्टले यो जनावर जंगलमा देखेको दाबी गरेका छन् ।

तस्मानिया टाइगर

उनले केही फोटो पनि खिचेर ल्याएको बताएका छन् । नील वाटर्स भन्छन्, अहिले म सँग चार वटा यस्ता तस्वीर छन् । जसमा तस्मानिया टाइगरको पूरा परिवार छ ।

तस्मानिया टाइगर

यो दाबीलाई वैज्ञानिक मान्न तयार छैनन् । यो प्रजाति धर्तीमा २० लाख वर्ष पहिला आएको थियो । तर यसको अन्तिम प्रजाति भने १९३० मा तस्मानियामा देखिएको थियो । त्यसपछि यो विलुप्त भएको मानिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested