English

छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता २६ चैतमा



भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । ओस्ला नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता यही २६ चैतमा मध्यपुर थिमी–४ बालकुमारी प्राङ्गणमा हुने प्रतियोगिताका संयोजक सुशील जोशीले जानकारी दिए ।

प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक जोशीले जानकारी दिए । एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागीता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागीता हुनेछ ।

प्रतियोगिताको विजयी टोलीमध्ये प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समितिअन्तर्गत सुशील जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा ओस्ला नेपालका पूर्वअध्यक्षले नगरपालिकाले सम्पदाहरूको पुनःनिर्माणसँगै मध्यपुर थिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न सम्पदाहरू निर्माण गर्दै विभिन्न कार्यक्रम आयोजना अघि बढाएको बताए । उनले पर्यटकीय गन्तव्य बनाउन नगरपालिकामा विभिन्न कार्यक्रमहरू गरिरहेको बताए ।

यो पनि…
‘ग्रहण’ फिल्म बनाउने घोषणा, कलाकार को-को ?
निफमा बहस : राम्रो अभिनय के हो ?
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested